होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • भरतपुरमा नगद र गरगहना चोरी गर्ने महिला पक्राउ,चोरी गर्न प्रयोग गर्ने सामान वरामद

भरतपुरमा नगद र गरगहना चोरी गर्ने महिला पक्राउ,चोरी गर्न प्रयोग गर्ने सामान वरामद

चितवन,असोज ८-

भरतपुरमा नगद र गरगहना चोरी गर्ने महिला पक्राउ परेकी छन । पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाँउपालिका वडा नम्वर ५ बस्ने २४ बर्षिय पुष्पा सिटौला रहेकी छन ।

भरतपुर महानगरपालिका १० बस्ने सावित्री दवाडीको घरबाट नगदसहित सुनचाँदीका गरगहना चोरी गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले सिटौलालाई खोजी गरेको थियो । प्रहरीले असोज ६ गते भरतपुर महानगरपालिका ११ बाट साथमा फलामको रड समेत बोकेर हिडिरहेको अवस्थामा फेला पारेको हो ।

उनको साथबाट नगद,सुनका गहना,कैंचि,मोवाइल समेत प्रहरीले बरामद गरेको छ । सिटौलालाई चोरी तथा डाँका सम्बन्धि कसुरमा जिल्ला अदालत चितवनबाट म्याद अनुमती लिइन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका