होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • थामी कलासंस्कृतिसम्बन्धी पुस्तकको विमोचन

थामी कलासंस्कृतिसम्बन्धी पुस्तकको विमोचन
चरीकोट, असोज ४-

जिल्लाको उत्तरी क्षेत्रमा मुख्य बसोबास रहेको अल्पसङ्ख्यक जाति थामीको भाषा संस्कृति तथा कलालाई समेटेर तयार पारिएको पुस्तक ‘नानको आथाङ उलाम’ ९अँध्यारोबाट उज्यालोतर्फ० नामक पुस्तक आज विमोचन गरिएको हो ।

नेपाल थामी समाज दोलखाले तयार पारेको पुस्तकको पूर्वमन्त्री पार्वत गुरुङले आइतबार विमोचन गर्नुभएको हो । दोलखालाई उद्गम थलो बनाई जिल्लाको उत्तरी क्षेत्रमा बसोबास गर्दै आएका अल्पसङ्ख्य जातिका रुपमा सूचीकृत जनजातिमध्येको एक थामी जातिको विभिन्न भाषा, संस्कृति तथा कलाजस्ता विषय पुस्तकमा समावेश गरिएको छ ।

उक्त पुस्तक प्रकाशन गर्न सामाजिक विकास मन्त्रालयले सहयोग गरेको थियो । पुस्तक विमोचन गर्दै पूर्वमन्त्री गुरुङले यस पुस्तकले देशका विभिन्न ठाउँमा बसोबास गर्ने थामी समुदायको संस्कति तथा कला संरक्षणका लागि महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । विभिन्न जातजातिको धर्म, संस्कृति तथा कला राज्यको सम्पत्ति भएको र ती कला, संस्कृति आधुनिकतासँगै विस्तारै लोप हुँदै जान थालेका हुँदा सबैले संरक्षणका लागि पहल चाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

थामी सङ्घ नेपालका केन्द्रीय महासचिव तथा पुस्तकका सम्पादक लक्ष्मण थामीले राज्यको स्रोतसाधनमा पहुँच कम भएको थामी समुदायलाई समेटर सार्वजनिक गरिएको पुस्तकले अन्य समुदायलाई समेत सहयोग पुग्ने बताउनुभयो । आधुनिकतासँगै भाषा र संस्कृति हराउँदै गएको र पछिल्लो पुस्ताले भुल्दै जान थालेपछि थामीसम्बन्धी अध्ययनका लागि पछिल्लो पुस्ता तथा अन्य व्यक्तिलाई समेत पुस्तकले सहयोग पुग्ने गरी प्रकाशन गरिएको उहाँले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका