होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • दलित पत्रकार सङ्घ चितवनद्वारा पत्रकारिता पुरस्कार स्थापना

दलित पत्रकार सङ्घ चितवनद्वारा पत्रकारिता पुरस्कार स्थापना

चितवन,असोज ४-

राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपाल चितवन शाखाले ‘चूडामणि बराल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, उत्कृष्ट पत्रकारिता पुरस्कार र क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । पुरस्कारको राशि रु १५ हजार र रु पाँच/पाँच हजार छ ।

भरतपुर महानगरपालिका–१ निवासी युवा व्यवसायी अर्जुन रसाइली सुनार र नीता रसाइलीको आर्थिक सहयोगमा सङ्घले ती पुरस्कार स्थापना गरेको हो । यसका लागि द्विपक्षीय सम्झौता समेत भएको छ । सम्झौतापत्रमा सङ्घका अध्यक्ष अमिर रामदाम र व्यवसायी सुनारले हस्ताक्षर गर्नुभएको छ । सो पुस्कार हरेक वर्ष देशभरका दलित पत्रकारमध्येबाट एक, चितवनका एक र जिल्लाकै क्रियाशील पत्रकारमध्येबाट एक जनालाई अर्पण गरिने जनाइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका