होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • चितवनमा विशेष योगदान गरेको भन्दै प्रचण्ड पत्नी सीतासहित ६ जनालाई संविधान दिवसमा पदक

चितवनमा विशेष योगदान गरेको भन्दै प्रचण्ड पत्नी सीतासहित ६ जनालाई संविधान दिवसमा पदक

चितवन, असोज ३-

संविधान दिवसको अवसरमा चितवनमा रहेर विभिन्न क्षेत्रमा योगदान गरेका छ जना राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित हुने भएका छन् ।

शिक्षा, राजनीति, समाजसेवा, व्यवसायलगायतको क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै देशभरका ९०३ को सुचीमा उनीहरुको नाम पनि विभूषित हुनेमा उल्लेख गरिएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल राजनीतिक अभियन्ताबाट विभूषित हुने भएकी छन् । प्रचण्ड चितवनको क्षेत्र नम्बर ३ बाट संघीय संसदमा निर्वाचित जनप्रतिनिधि भएकोले सुचीमा  सीताको ठेगाना चितवन लेखिएको छ ।

यस्तै, चितवनका राजनीतिकर्मी स्व. धर्मध्वज गुरुङ, व्यवसायी भेषराज दुवाडी, नारायणी नमुना माविका प्रअ पूर्णप्रसाद दवाडी विभूषित हुने भएका छन् । समाजसेवी गोविन्दप्रसाद तिवारी र भरतपुर महानगरपालिका–२ का उद्योगी व्यवसायी गोकुल भण्डारीसहित विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत रहेका ६ जना स्वास्थ्यकर्मीहरु पनि विभूषित हुनेको सुचीमा छन् । कालिबहादुर गण भरतपुरका प्युठ सन्तोष गुरुङ पनि विभूषित हुनेको सुचीमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका