होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • नेपालमा थप ७३४ जनामा कोरोना संक्रमण, १२ को मृत्यु, १४१३ संक्रमणमुक्त

नेपालमा थप ७३४ जनामा कोरोना संक्रमण, १२ को मृत्यु, १४१३ संक्रमणमुक्त

काठमाडौं, असोज ३-

पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना भाइरस संत्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार ३०४ पीसीआर परीक्षणमा ६५६ र दुई हजार ७०९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ४१३ जना संक्रमणमुक्त भएका छन् र १२ जनाको मृत्यु भएको छ । हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमति रहेका छन् । जसमध्ये २२ हजार ८६४ जना होम आइसोलेसनमा र एक हजार ४४९ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ३९० जना आईसीयू र ११७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या सात लाख ८४ हजार ५६६ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ भने सात लाख ४९ हजार २१३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका १४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १८७, मोरङमा ९३, सुनसरीमा ७२, कास्कीमा ६१, झापामा ३३, भक्तपुरमा ३२, ललितपुरमा २२, रुपन्देहीमा २१ र चितवनमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका