होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • सरकारले बाडेको पदकप्रति ओलीको व्यङ्ग्यः आज बाउको, श्रीमतीको अनुहार हेर्ने दिन पो रहेछ ?

सरकारले बाडेको पदकप्रति ओलीको व्यङ्ग्यः आज बाउको, श्रीमतीको अनुहार हेर्ने दिन पो रहेछ ?

काठमाडौँ, असोज ३-

संविधान दिवसका अवसरमा सरकारले बाँडेको पदकप्रति विपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आक्रोश पोख्दै व्यङ्ग्य गरेका छन् ।

संविधान दिवसका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पत्नी र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बाबुलाई दिइएको पदकप्रति विरोध जनाएका हुन् ।

संविधान दिवसको अवसरमा सरकारले दाहाल पत्नी सीतालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री र नेपालका पिता मंगलप्रसाद उपाध्यायलाई मरणोप्रान्त सुप्रसिद्ध प्रबल जनसेवाश्री विभूषण दिने निर्णय गरेको छ । त्यसप्रति आपत्ति जनाउँदै ओलीले सत्ता गठबन्धनका नेताहरु आफ्नो र परिवारको स्वार्थमा मात्र सीमित भएको आरोप लगाए। उनले भने, ‘आज बाउको मुख हेर्ने दिन हो, श्रीमतीको अनुहार हेर्ने दिन हो ? सहिद, सहिदको परिवार सम्झनुपर्दैन ? बाहिर बाहिर हामीलाई केही चाहिँदैन, पद चाहिँदैन भन्ने आज हेर त ।’

ओलीले आफ्नाविरुद्ध फैसला गर्ने न्यायाधीश, बहस गर्ने वकिल र लेख्ने पत्रकारलाई समेत सरकारले योजनाबद्ध रुपमा पदक दिएको उल्लेख गरे। ‘अघिल्लो लोकप्रिय सरकारविरुद्ध लेख्ने, पत्रकार प्रशासकलाई पदक दिइएको छ । फैसला गर्ने न्यायाधीश, तथानाम गाली गर्ने वकिल सबैलाई पदक दिइएको छ । न्यायको तराजु कता हल्लाउँदा ठीक पर्छ भन्नेलाई पनि पदक केही नाम त अझै छुटेछ ।’

ओलीले दिइएको व्यक्तिलाई हेर्दा पदक आफैले लज्जा मानिरहेको उल्लेख गरे । ‘बोल्न सक्ने भए उफ्रिन्थे होला, कस्ताको गाला कुहिन प¥यो भनेर’, ओलीले भने । उनले यो लज्जाजनक विषय भएकाले इतिहासले निर्मम मूल्यांकन गर्ने उल्लेख गरे ।

सरकारले संविधान दिवसका अवसरमा आफू निकट पत्रकार, वकिल र आफ्नो पक्षमा लाग्ने व्यक्तिहरुलाई विभूषित गरेको छ । ९०३ जनालाई पदक दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाउज्ज्वल राष्ट्रद्वीप प्रथम श्रेणीको विभूषण र  न्यायाधीश विश्वम्भर श्रेष्ठलाई उज्ज्वल कीर्तिमय राष्ट्रद्वीप पदक प्रदान गरिएको छ।

त्यस्तै न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीले प्रसिद्ध प्रवल जनसेवाश्री पदक पाएका छन्। यसरी प्रतिनिधिसभा विघटनको पहिलो मुद्दामा संवैधानिक इजलासमा रहने सबै न्यायाधीशहरु पदकबाट विभूषित भएका हुन् ।

संसद विघटनको विपक्षमा वकालत गर्ने अधिवक्ताहरुले पनि पदक पाएका छन् । वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव, हरिहर दाहाल, मुक्तिनारायण प्रधान, मिथिलेश सिंह, रमणकुमार श्रेष्ठ र दिनेश त्रिपाठीले सुकीर्तिमय राष्ट्रद्वीप पाएका छन् । त्यस्तै अधिवक्ताहरुमध्ये गोविन्द बन्दी र पदम रोक्कालाई पनि सुकीर्तिमय राष्ट्रद्वीप पदक दिइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका