होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • पहिलोपटक शून्यमा झर्‍यो चितवनमा कोरोना संक्रमण, सात स्थानीय तहमा आज थपिएनन् संक्रमित

पहिलोपटक शून्यमा झर्‍यो चितवनमा कोरोना संक्रमण, सात स्थानीय तहमा आज थपिएनन् संक्रमित

चितवन, असोज ३-

चितवनमा विगत २४ घण्टामा कोरोना संक्रमण शून्यमा झरेको छ ।

दोस्रो लहर सुरु भएपछि कुनै पनि संक्रमित नथपिएको आज पहिलो पटक हो ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार चितवनको कुनै पनि स्थानीय तहमा आज कोरोना संक्रमित नदेखिएका हुन् । सातै स्थानीय तहमा कुनै पनि संक्रमित भेटिएको छैन ।

चितवनमा यसअघि परीक्षण भएर आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या भने ६०७ जना रहेको छ । जसमध्ये घरमा आइसोलेसनमा ५७५ जना र घरमा आइसोलेसनमा ३२ जना रहेका छन् । चितवनमा आज थप एक जनासहित कोरोना संक्रमणको कारणले ४११ जनाले ज्यान गुमाएका छन् भने आजसम्म २५ हजार ५२२ जना संक्रमित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका