जोडिनुहोस
बिहिबार, कार्तिक ११, २०७८
बिहिबार, कार्तिक ११, २०७८
alt
  • होमपेज
  • अफगानिस्तानमा विस्फोट, कम्तिमा ७ को मृत्यु, ३० भन्दा बढी घाइते

अफगानिस्तानमा विस्फोट, कम्तिमा ७ को मृत्यु, ३० भन्दा बढी घाइते

काठमाडौं, असोज ३-

अफगानिस्तानको पूर्वी शहर जलालावादमा शृंखलाबद्ध बिस्फोट हुँदा कम्तिमा ७ जना मारिएका छन् भने ३० जना भएका छन् ।

त्यसैगरी राजधानी काबुलमा भएको विस्फोटमा दुईजना घाइते भएका छन् । ‘जलालावाद र काबुलमा भएको बिस्फोट आईएसआईएल केको आतंकको अवशेषजस्तो देखिन्छ,’ तालिबानी स्रोतले भनेको छ ।

तालिबानले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । जलालावाद नान्गर्हर प्रान्तको राजधानी हो । त्यहाँ कम्तिमा चारवटा स्थान बिस्फोट भएको बताइएको छ । यद्यपी, अहिलेसम्म बिस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन । नान्गर्हर प्रान्त आईएसआईएस –केको आधार इलाकामा मानिन्छ ।

जलालावादमा बिस्फोट हुनभन्दा केही घण्टाअघि काबुलमा कार बम बिस्फोट हुँदा दुईजना घाइते भएका थिए । मध्य अगस्टमा तालिबानले अफगानिस्तान कब्जा गरेको थियो, त्यसको छोटो समयमै यहाँबाट अमेरिकी नेतृत्वको विदेशी सेना हटिसकेको छ । देशमा शान्ति–सुरक्षा स्थापना गर्दै स्थिर वातावरण बनाउने प्रतिबद्धता तालिबानले जनाएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका