जोडिनुहोस
बिहिबार, कार्तिक ११, २०७८
बिहिबार, कार्तिक ११, २०७८
alt
  • होमपेज
  • एमालेको स्थायी समिति बैठक आज बस्दै

एमालेको स्थायी समिति बैठक आज बस्दै

काठमाडौं, असोज ३-

नेकपा एमालेले स्थायी समिति बैठक आज दिउसो बस्दैछ ।

एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार असोज १५ देखि १७ गतेसम्म हुने भनिएको महाधिवेशनमा पेस हुने तीनवटा प्रतिवेदनका बारेमा छलफल गर्न दिउँसो साढे १२ बजे बैठक बोलाइएको हो ।

१० बुँदे कार्यान्वयनपछि पार्टीमा कार्यविभाजनबारे समस्याका देखिएको छ । तर आजको बैठकमा कार्यविभाजनबारे छलफल गर्ने एजेण्डा नरहेको तामाङको भनाइ छ ।

एमालेमा १० बुँदे कार्यान्वयन गर्ने भनिएपनि नेताहरूले जेठ २ अघिको जिम्मेवारी नपाएको गुनासो गर्दै आएका छन् । खासगरी, सुदूरपश्चिम, बागमती र प्रदेश १ का इन्चार्जहरूले पूर्ववत अवस्थामा जिम्मेवारी नपाएको गुनासो छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका