जोडिनुहोस
बिहिबार, कार्तिक ११, २०७८
बिहिबार, कार्तिक ११, २०७८
alt
  • होमपेज
  • नेपालले आज ओमानसँग खेल्दै

नेपालले आज ओमानसँग खेल्दै

काठमाडौें, असोज ३
आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको ओमानमा भइहरेको त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र ओमान बीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ४स्१५ बजे सुरु हुदैँछ ।

यसअघि तीन खेल खेलिसकेको नेपालले एक खेल जित्दा २ खेलमा हार बेहोरेको छ । पहिलो खेलमै अमेरिकालाई पराजित गरेको नेपाल त्यसपछि ओमानसँग र अमेरिकासँग पराजित भएको हो ।

अमेरिकाविरुद्ध लगातार तीन खेल जितेको नेपाल ओडीआईमा पहिलो पटक अमेरिकासँग पराजित भएको हो । ओमानसँग भने नेपाले ओडीआईमा जितविहीन छ ।

नेपाली टिमका कप्तान ज्ञानेन्द्रले अमेरीकालाई ५ विकेटले हराएको नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले अमेरिकाविरुद्धको जितले टिमको मनोबल उच्च बनाएको र अझैपनि टिममा केहि सुधार गर्ने ठाँउ रहेको बताएका छन् ।

अमेरिकासँगको खेल पछि अझै कमजोरी देखिएका ठाउँहरुमा सुधारेर अबको खेलमा अझ राम्रो गर्ने उनले बताए । उनले टिमको ब्याटिङ र बलिङको कम्बिनेसरमा केहि लुप होल रहेको र त्यसलाई मजबुत बनाउनुपर्ने उनले बताए । यसका साथै उनले ओमान टिम अझै बलियो रहेको र त्यो टिमविरुद्ध पिचको कन्डिसन हेरेर टिम बनाउने बताए ।

अमेरिकाविरुद्ध नेपाललाई जित दिलाउन मुख्य भूमिका खेलेका कुशल भुर्तेल, रोहित पौडेल, विनोद भण्डारीको ब्याटबाट रनको अपेक्षा गर्दा सन्दीप लामिछाने, बिक्रम सोबको बलिङबाट पनि उस्तै प्रदर्शनको अपेक्षा गरिएको छ । त्यस्तै यो सिरिजमा नेपालको अन्तिम खेल हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका