होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • गेटा मेडिकल कलेज छिट्टै सञ्चालनमा ल्याउनुपर्छः लेखराज भट्ट

गेटा मेडिकल कलेज छिट्टै सञ्चालनमा ल्याउनुपर्छः लेखराज भट्ट

गोदावरी, भदौ ३०–

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री लेखराज भट्टले गेटा मेडिकल कलेजलाई छिट्टै सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको छ ।

धनगढीमा आज आयोजित छलफल कार्यक्रममा उहाँले गेटा मेडिकल कलेजका लागि आवश्यक पूर्वाधार तयार भइसकेकाले छिट्टै सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले गेटा मेडिकल कलेज सञ्चालन भएसँगै सुदूरपश्चिमको विकासमा टेवा पुग्ने भन्दै सो कलेज सञ्चालनका लागि सबैले आ–आफ्नो ठाउँबाट दबाब दिनुपर्ने बताउनुभयो ।

उहाँले चिकित्सकले विश्वविद्यालयका रूपमा अघि बढाउनुपर्ने सुझाव दिँदै आएकाले यसमा सबैको राय लिन उचित हुने बताउनुभयो । सरोकारवालाबाट आएको सुझावका आधारमा राजनीतिक दलहरुसँग छलफल गरी अघि बढ्ने उहाँको भनाइ थियो ।

छलफल कार्यक्रममा सहभागी चिकित्सकले मेडिकल कलेजलाई प्रतिष्ठान बनाएर अघि बढाउन सुझाव दिनुभएको थियो भने प्राध्यापकहरूले विश्वविद्यालयका रूपमा अघि बढाउन सुझाव दिनुभएको थियो । नेता भट्टले कञ्चनपुरको दोधारा चाँदनी नाका भारतसँग व्यापार गर्नका लागि मुलुककै सबैभन्दा महत्वपूर्ण नाका बन्ने जिकिर गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका