होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु, चितवनमा ५७ संक्रमित थपिए

भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु, चितवनमा ५७ संक्रमित थपिए

चितवन, भदौं ३०-

भरतपुर अस्पतालमा विगत २४ घण्टामा दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा चितवनका दुई जनाको मृत्यु भएको हो । चितवनमा अहिले ४८ जना कोरोनाका बिरामीले विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा १६ जना, भेन्टिलेटरमा एक जना, एचडीयूमा १७ जना, जेनरल बेडमा १५ जना रहेका छन् । विगत २४ घण्टामा विभिन्न अस्पतालमा सात जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् ।

चितवनमा विगत २४ घण्टामा ५७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ३५ जना, खैरहनी नगरपालिकामा तीन जना, माडी नगरपालिकामा ४ जना, रत्नगरमा एक जना, राप्तीमा ११ जना, कालिकामा दुई जना र इच्छाकामनामा एक जना थपिएका हुन् । यो सँगै चितवनमा संक्रिय संक्रमितको संख्या ६८५ जना रहेका छन् । जसमध्ये घरमा आइसोलेसनमा ६५५ जना र अस्पतालमा आइसोलेसनमा ३० जना रहेका छन् । आज चितवनमा दुई जनाको मृत्यु भएसँगै चितवनमा ज्यान गुमाउनेको संख्या ४०७ जना पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका