होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • आइसिसी विश्वकप लिग–२ : ओमानविरुद्ध नेपालले टस जितेर व्याटिङ गर्दै

आइसिसी विश्वकप लिग–२ : ओमानविरुद्ध नेपालले टस जितेर व्याटिङ गर्दै

काठमाडौँ, भदौ २९–

आइसिसी विश्वकप लिग–२ अन्तर्गत दोस्रो सिरिजमा विजयी सुरुवात गरेको नेपालले आज (मंगलबार) दोस्रो खेलमा घरेलु टिम ओमानसंग प्रतिस्पर्धा गर्दै छ ।

नेपालको खेलको नेपाली समय अनुसार अल अमिरत क्रिकेट रंगशालामा दिउँसो सवा चार बजे सुरू हुँदैछ । नेपालले टस जितेर पहिले व्याटिङ गर्ने निर्णय लिएको छ ।
नेपालको ओपनिङ व्याटिङ कुशल भुर्तेल र आशिफ शेखले गर्दैछन् । नेपालले आजको खेलमा पनि जित निकाल्ने तयारीमा छ ।

लिग–२ मा नेपालले घरेलु मैदान काठमाडौँमा ओमानसँग दुई खेल खेलिसकेको छ। तर दुवै खेलमा नेपाल पराजित भएको थियो । सन् २०२० को फेब्रुअरीमा नेपालमा भएको सिरिजमा ओमानले नेपाललाई ८ विकेट र १८ रनले पराजित गरेको थियो। त्यसैले आजको खेल नेपालका लागि बदला लिने अवसरको रुपमा रहेको छ ।

ओमान सुरु भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले हिजो अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । ओपनर कुशल भुर्तेल र मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेपछि नेपालले अमेरिकाविरुद्ध शानदार जित हासिल गरेको हो ।

विश्वकप लिग–२ मा नेपाल रहेको समूहमा पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन् । नेपाल समूहको अङ्क तालिकाको छैटौँ स्थानमा छ ।

यस्तै ओमान १० खेलमध्ये आठमा जित र दुईमा हार व्यहोर्दै १६ अङ्कसहित शीर्षस्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका