होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • एमसीसी पास गरे देउवा सरकारको दिनगन्ती सुरु हुन्छः राष्ट्रिय जनमोचा नेता ढुंगाना

एमसीसी पास गरे देउवा सरकारको दिनगन्ती सुरु हुन्छः राष्ट्रिय जनमोचा नेता ढुंगाना

चितवन, भदौ २९-

राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुंगानाले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको राष्ट्रिय स्वाधीनताको विरुद्धमा रहेको बताउनुभएको छ । आज (मंगलबार) राष्ट्रिय जनमोर्चा नवलपुर जिल्ला कार्यसमितिले गैडाकोटमा गरेको विरोध सभालाई सम्बोदन गर्दै ढुंगानाले एमसीसि लागु गरेर अमेरिकाले नेपालाई युद्ध मैदान बनाउन लागेको बताउनुभएको हो । उहाँले अहिले शिर्ष नेताहरुलाई एमसीसी खारेजका लागि खबरदारी गर्न आम जनतालाई आग्रह समेत गर्नुभएको छ । ‘हामी राष्ट्रघाती एमसीसी खारेज गर्ने अभियानमा लागेको छौँ । यो अभियानमा सारा नेपाली लाग्नु भएको छ ।’ उहाँले भन्नुभयो, ‘सैन्य रणनीति अंग अन्तर्गत नेपालमा एमसीसी प्रवेश गदैछ । यसलाई खारेजका लागि खवरदारी गर्न राष्ट्रप्रेमी नेपाली लाग्न आवश्यक छ ।’ उहाँले नेपाली जनताको स्वाधिनतालाई च्यूत गरेर एमसीसी पास गरे देउवा सरकारको दिनगन्ती सुरु हुने चेतावनी समेत दिनुभयो । नेपालको संविधान भन्दा माथि राखेर पास गर्न खोजे रणनैतिक उदेश्य पुरा नहुँदासम्म जोखिम बढ्ने उहाँले जिकिर गर्नुभयो ।

संविधान सभा सदस्य गुणखर वस्यालले कुनै पनि हिसावले एमसीसी पास गर्न नहुने बताउनुभएको छ । अधिकांश सन्धी, सम्झौता राष्ट्रघाति हुने गरेको भन्दै भारत मार्फत चीनलाई घेर्ने योजना बनाएको उहाँको दावी छ । राजनितिक दलहरु संशोधन गरेर एमसीसी पास गर्ने तयारीमा रहेको बताउँदै उहाँले यसलाई शंशोधन नगरि खारेज गर्नुपर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा वामपन्थी बृद्धिजीवी युवराज पन्थीले नेपालको कानुन भन्दा माथि एमसीसी रहेकाले खारेज गर्नुपर्ने बताउनुभयो । संसदबाट एमसीसी पारित भएपछि नेपालको स्रोत अमेरिका पुग्ने उहाँको दावि छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य शालिकराम सापकोटाले एमसीसी खारेज नहुँदासम्म सडकमा विरोध प्रर्दशन गरिरहने बताउनुभयो । चितवन जागरण मन्चका तर्फबाट विरोध सभालाई सम्बोधन गर्दै एमुना न्यौपानेले एमसीसी संशोधन पास गर्नु राष्ट्रका लागि झन खतरा हुने बताउनुभयो । राष्ट्रिय जनमोर्चा नवलपुर जिल्ला कार्यसमितिका अध्यक्ष दिपक पाण्डेको अध्यतातामा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका