होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • गैंडाकोटको दुर्घटनामा मृत्यु भएका ३ जना र २४ घाइतेको परिचय खुल्यो

गैंडाकोटको दुर्घटनामा मृत्यु भएका ३ जना र २४ घाइतेको परिचय खुल्यो

चितवन,भदौं २९-

गैंडाकोटमा आज बिहान बस र ट्रक ठोक्किंदा मृत्यु भएकाहरुको पहिचान खुलेको छ । मृत्यु हुनेहरुमा बर्दिया जिल्ला बाँसवारी नगरपालिका वडा नं. ८ कि ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुरको महेन्द्रनगर झलारी बस्ने ३५ वर्षीय कृष्ण राना र कञ्चनपुरकै ४० वर्षीया रंगी तिवारी रहेको प्रहरीले जनाएको छ ।

सुवेदीको भरतपुर अस्पताल र अन्य दुईको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जना गम्भीर, ७ जना मध्यम र १४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

गैंडाकोट नगरपालिका वडा नं.१० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२-००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान चार बजेतिर ठोक्किएका थिए ।

चितवन मेडिकल कलेज मा उपचाररत घाईतेहरुः–

१ . झापा बाहुनडागी बस्ने बर्ष १६ को पारस ढकाल, हात र खुट्टामा चोट, सामान्य ।
२ मोरङ विराटनगर मा.न.पा.–३ बस्ने बर्ष २१ की पुजा रेग्मी, हात र खुट्टामा चोट, सामान्य । (डिष्चार्ज)
३ ऐ ऐ बस्ने बर्ष २८ को सरोज पोखरेल, हात र खुट्टामा चोट, सामान्य । (डिष्चार्ज)
४ कैलाली बस्ने बर्ष १६ की रोशनी अधिकारी, शरीरमा चोट, सामान्य ।
५ कन्चनपुर महेन्द्रनगर नगरपालिका वडा नं –१ बस्ने वर्ष ४९ को मोहन कोईराला, पेटमा चोट, सामान्य ।
६ जुम्ला तिला गा पा वडा नं –४ बस्ने बर्ष २६ को चन्द्र नाथ योगी, हात र खुट्टामा चोट, सामान्य ।
७ ऐ ऐ बस्ने वर्ष ३३ को टोप बहादुर शाही, टाउको, मुख र छातीमा चोट, अवस्था गम्भिर ।
८ बस चालक कन्चनपुर कञ्चनपुर न पा–४ बस्ने वर्ष ४२ को लाल विर लोहार, छातीमा भित्री चोट, अवस्था मध्यम ।
९ रुपन्देही वस्ने वर्ष २८ को सुरज अधिकारी, टाउको र कानमा चोट, अवस्था मध्यम ।


१० बर्दिया वाँसगढी न.पा.वडा नं –८ वस्ने वर्ष ८२ को डिल्लीराम सुवेदी, छातीमा भित्री चोट, अवस्था गम्भिर ।
११ जिल्ला झापा बस्ने वर्ष ३६ को मन कुमार श्रेष्ठ, हात र खुट्टामा चोट, अवस्था मध्यम ।
१२ जि कन्चनपुर झलारी बस्ने वर्ष २६ की उर्मिला तिरुवा, पेटमा रगत जमेको, अवस्था मध्यम ।
१३ ट्रक चालक जिल्ला प्यूठान प्यूठान न.पा.–१० बस्ने वर्ष २७ को अमृत सिंह विष्ट, टाउकोमा चोट, अवस्था मध्यम ।
१४ सुर्खेत विरेन्द्रनगर नगरपलिका वडा नं.–४ बस्ने वर्ष ४० को राम बहादुर थापा, हात र खुट्टामा चोट, सामान्य ।
१५ जि न प (पूर्व) हुप्सेकोट गा पा वडा नं–३ वस्ने वर्ष २६ की सबिना लिम्बु, खुट्टामा चोट, सामान्य ।
१६ जि न प (पूर्व) हुप्सेकोट गा.पा.वडा नं –३ वस्ने वर्ष २ को जोशन सारु मगर, टाउकोमा चोट, सामान्य ।
१७ जि न प (पूर्व) पुरानो बेलहानी बस्ने वर्ष १८ की गंगा ओली, छाती र पेटमा चोट, सामान्य ।
१८ जि कन्चनपुर बेलपुर ९ बस्ने वर्ष ३२ को चित्रदेव लेखक, टाउकोमा चोट, अवस्था गम्भिर  
१९ जि सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं –७ वस्ने बर्ष ४२ को मन कुमार थापा, ढाड र छातीमा चोट, मध्यम ।
२० जि महोत्तरी बर्दिवास न पा वडा नं –७ बस्ने बर्ष २३ को रमेश यादव, हात र खुट्टामा चोट, मध्यम ।

एक प्रतिक्रिया on “गैंडाकोटको दुर्घटनामा मृत्यु भएका ३ जना र २४ घाइतेको परिचय खुल्यो

  1. यसरी सबै घाइते को नाम र अवस्था प्रकासित गरि सबैमा जान्कारी दिनु भयेकोमा धन्यबाद

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका