होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • एमाले अध्यक्ष ओलीले आज रुपन्देहीका कार्यकर्तालाई बुटवलमा सम्बोधन गर्ने

एमाले अध्यक्ष ओलीले आज रुपन्देहीका कार्यकर्तालाई बुटवलमा सम्बोधन गर्ने

रूपन्देही,भदौं २९-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि बुधबार रुपन्देहीका अगुवा कार्यकर्ता भेला सम्बोधन गर्न बुटवल आउने भएका छन् । बुटवल एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने प्रचार विभाग प्रमुख मोहन चापागाईंले बताए ।

भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल तथा अन्य स्थायी कमिटी सदस्यहरूले सम्बोधन गर्ने चापागाईंले जानकारी दिए । रूपन्देही जिल्लाको अगुवा कार्यकर्ता भेला भएकाले यो परिस्थितिमा पनि कोभिड १९ को सचेत भएर कार्यक्रम गर्न थालेको र कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न सम्पूर्ण नेता कार्यकर्तालाई क्रियाशील बनाइएको नेकपा रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुबेदीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका