होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • नारायणगढमा ट्रकले ठक्कर दिँदा ३१ वर्षीय युवा उद्यमी पौडेलको ज्यान गयो

नारायणगढमा ट्रकले ठक्कर दिँदा ३१ वर्षीय युवा उद्यमी पौडेलको ज्यान गयो

चितवन, भदौं २८-

भरतपुर महानगरपालिका–२ नारायणगढको गणेशहल अगाडि ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा ‘रियल जब सेन्टर’ का प्रवन्ध निर्देशक यदुराज पौडेलले ज्यान गुमाएका छन् ।

३१ वर्षीय पौडेल रत्ननगर नगरपालिका–१० पर्साेनीका स्थायी बासिन्दा हुन् । ना ८ ख ६२४९ नम्बरको ट्रकले पौडेलले चढ्ने ना ३९ प २०९३ नम्बरको पल्सर बाइकलाई आज बिहान १०ः३० बजेको समयमा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट पौडेलको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पौडेल युवाहरुलाई रोजगारीका अवसरहरु प्रदान गरेर झण्डै दुई बर्षदेखि चितवन आधार क्षेत्र बनाएर नारायणगढको मिलनरोडमा रियल जब सेन्टर खोलेर बसेका थिए । यसले चितवन लगायत यसका छिमेकी जिल्लाहरुका जब खोज्ने युवाहरुलाई काम र रोजगारी दिएर यस व्यवसायमा आफूलाई अलग्गै पहिचान बनाइसकेका थिए ।

बढ्दो शहरीकरणसँगै चितवनमा रोजगारी दिने रोजगारी प्रदायक संस्था र जब खोज्नेको दूरी घटाउनका लागि चितवनमा पनि केही गरौ भन्ने हिसाबले उनले जबसेन्टरको अबधारणा ल्याएका थिए । चितवनमा जब दिने र खोज्ने बीचको माध्यम बनेर, परामर्श र साथसाथै जागिर खोज्नेहरुको योग्यता , क्षमता, सीप अनुसार एउटा कन्सल्ट्याण्टको रुपमा काम गर्ने उद्धेश्य सहित उनले रियल जब सेन्टर स्थापना गरेको सञ्चारमाध्यमहरुलाई बताएका थिए । उनको संस्थामा औषतमा महिनामा ६०० को हाराहारीमा युवाहरु जब खोज्न जाने गर्दथे भने महिनामा १२० भन्दा बढीलाई जागिर दिने काम भइरहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका