होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • चितवनमा १९ कोरोना संक्रमित थपिए, कोरोनाका ५१ बिरामी उपचारको लागि अस्पतालमा

चितवनमा १९ कोरोना संक्रमित थपिए, कोरोनाका ५१ बिरामी उपचारको लागि अस्पतालमा

पूजा ढकाल

चितवन, भदौं २७–

चितवनमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा १७ जना र रत्ननगरमा दुई जना गरी १९ कोरोना संक्रमित थपिएका हुन् ।

चितवनका विभिन्न अस्पतालमा ३० जना बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा १८ जना, भेन्टिलेटरमा चार जना, एचडीयूमा २० जना, सामान्य बेडमा १३ जना रहेका छन् । त्यस्तै विगत २४ घण्टामा सात जना कोरोनाका बिरामी विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

चितवनमा सक्रिय संक्रमितको संख्या ६७९ जना पुगेको छ । जसमध्ये घरको आइसोलेसनमा ६३९ जना र अस्पतालको आइसोलेसनमा ३० जना रहेका छन् । यो संख्या कोरोनाको दोस्रो लहर सुरु भएपछिको सबैभन्दा कम हो । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार चितवनमा अहिलेसम्म ९५.६ प्रतिशत कोरोना संक्रमित निको भएका छन् भने १.६ प्रतिशतको मृत्यु र २.८ प्रतिशत आइसोलेसनमा रहेका छन् ।

एक महिनाअगाडिसम्म दैनिक २०० भन्दा बढी संक्रमित थपिएको चितवनमा आजसम्म आइपुग्दा दैनिक संक्रमितको संख्या १९ मा झरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका