होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • अरुणा लामाको सम्झनामा  ‘हाँसी हाँसी जलिरहेको’ म्यूजिक भिडियो सार्वजनिक 

अरुणा लामाको सम्झनामा  ‘हाँसी हाँसी जलिरहेको’ म्यूजिक भिडियो सार्वजनिक 

काठमाडौं, भदौ २५ – 

गायिका अरुणा लामाको सम्झनामा ‘हाँसी हाँसी जलिरहेको’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियो गायिका अरुणाको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो ।

गीतमा कविता श्रेष्ठको स्वर, नरेन्द्रराज प्रसाईको शब्द र कुन्दनराज सुब्बाको संगीत छ । यमु शर्मा क्रिएशनको प्रस्तुति रहेको भिडियोमा शिल्पा पोखरेल र आयुश छेत्री (प्रिन्सेस)को अभिनय छ ।

भिडियोमा नवराज उप्रेतीको छायांकन, किरण गिरीको सम्पादन श्रीकृष्ण श्रेष्ठको मोसन ग्राफिक्स, यमु शर्माको कथा र आयुष  छेत्रीको निर्देशन छ ।

यमु क्रिएशनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा घरेलु हिंसामा नारीको मौनतालाई देखाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका