जोडिनुहोस
बिहिबार, कार्तिक ११, २०७८
बिहिबार, कार्तिक ११, २०७८
alt
  • होमपेज
  • प्रतिनिधिसभा बैठकः एमालेका सांसद र मर्यादापालकबीच घम्साघम्सी, टेबल नै भाँचियो

प्रतिनिधिसभा बैठकः एमालेका सांसद र मर्यादापालकबीच घम्साघम्सी, टेबल नै भाँचियो

काठमाडौँ, भदौ २५–

शुक्रबार दोस्रो पटक बसेको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसद तथा मर्यादापालकहरुबीच घम्साघम्सी हुँदा टेबल नै भाँचिएको छ ।
सभामुख अग्नि सापकोटाले जबरजस्ती बैठक अघि बढाएपछि एमाले सांसदसंग घम्साघम्सी परेको थियो । सोही बेला सत्ता पक्षको पहिलो लहरको टेबल भाँचिएको हो। पहिलो लहरमा कांग्रेसका महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह र सीतादेवी यादव रहेका थिए ।

बैठक सुरु हुनासाथ एमालेका सांसदहरुको नाराबाजी गरेपछि सभामुख सापकोटाले पहिलो बैठक १५ मिनेट स्थगित गरेका थिए । त्यसपश्चात बसेको बैठकमा सभामुख सापकोटाले दोस्रो बैठक सुरु हुनासाथ अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश टेबुल गर्न समय दिएका थिए । सोही बेला एमालेका सांसद र मर्यादापालकहरुबीच घम्साघम्सी सुरु भएको थियो ।

अहिले सभामुख सापकोटाले पुनः बैठक स्थगित गर्दै तेस्रो पटकको बैठक १५ मिनेटपछि आह्वान गरेका छन् ।

घम्साघम्सीमा कांग्रेसका सांसदहरुलाई जोगाउन दिलेन्द्रप्रसाद बडू र देवप्रकाश तिमल्सिनामा अगाडि गएका थिए । टेबुल भाँचिएपछि कोइराला, सिंह र यादवपछिको लहरमा बस्न गएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका