होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • सुदूरपश्चिममा नेपाल समूहबाट मन्त्री बनेका दुईजनाले दिए राजीनामा,एमालेमा फर्किए

सुदूरपश्चिममा नेपाल समूहबाट मन्त्री बनेका दुईजनाले दिए राजीनामा,एमालेमा फर्किए

धनगढी,भदौं २२-

सुदूरपश्चिम सरकारका दुईजना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । विगतमा नेकपा एमालेको माधव नेपाल पक्षबाट मन्त्री बनेका प्रकाशबहादुर शाह र अर्चना गहतराजले राजीनामा दिएका हुन् ।

नेकपा एमाले विभाजन भएपछि उनीहरु नेपाल पक्ष छाडेर एमालेमै रहेका छन् । एमाले संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री रहेका थिए । गहतराज राज्यमन्त्री थिइन् । बाजुराबाट निर्वाचित शाह ५ फागुन २०७४ मा तत्कालीन नेकपा नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भएका थिए ।

पार्टी विभाजनका बेला एमाले स्थायी कमिटिको बैठकको निर्देशन विपरीत शाहले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका थिए । गत जेठमा एमाले माधव समूहले ३ जना मन्त्रीलाई फिर्ता बोलाएर ७ जना मन्त्री थपेको थियो । सो क्रममा उनी आर्थिक मामिला मन्त्री बनेका थिए भने गहतराज राज्यमन्त्रीमा नियुक्त भएकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका