होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • केपी ओली भन्छन्: हाम्रा घरका बिरालाहरू देउवाको भान्सामा दूधभात खान पुगे

केपी ओली भन्छन्: हाम्रा घरका बिरालाहरू देउवाको भान्सामा दूधभात खान पुगे

काठमाडौं, भदौं १९-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाएर नयाँ पार्टी बनाएका माधव नेपाल पक्षप्रति कटाक्ष गरेका छन् ।

काठमाडौँमा आज भएको पार्टीको एक कार्यक्रममा उनले माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी बनाएको नभई कांग्रेस र देउवाका लागि ‘यस’ पार्टी बनाएको भन्दै व्यङ्ग्य गरे । उनले एमाले छोडेर अहिलेको सरकारमा जान तयार गरिरहेकाहरुलाई देउवाको भान्छामा दूध भात खान गएका बिरालाहरूको संज्ञा दिए । उनले भने–‘अहिले हाम्रो घरका बिरालाहरू शेरबहादुर देउवाको भान्सामा पुगेका छन् । दूध र भात खान पाइन्छ भन्दै म्याउ गर्दै ढुक्नलाई पुगेका छन् ।’

उनले आगामी निर्वाचनमा पार्टीले जनप्रतिनिधि हुन लायकलाई मात्रै उम्मेदवार तोक्ने उल्लेख गरे । उनले काठमाडौँ महागरपालिकामा एमालेबाहेक अरू मेयर भन्नै नसुहाउने उल्लेख गरे । सक्षम नेतृत्व एमालेबाहेक अरू कसैको हुन नसक्ने उनको दाबी थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका