जोडिनुहोस
बिहिबार, कार्तिक ११, २०७८
बिहिबार, कार्तिक ११, २०७८
alt
  • होमपेज
  • पर्वतको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुग्यो , आझै एक वेपत्ता

पर्वतको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुग्यो , आझै एक वेपत्ता

पर्वत, भदौ १८-

अविरल वर्षाका कारण गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ ।

पर्वतमा अविरल वर्षासँगै कुश्मा नगरपालिका ३ दुर्लुङमा माधव शर्माको घर भत्किँदा एउटै परिवारका ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षकी कौशिला पौडेल, १६ वर्षकी विमला, ११ वर्षकी विनिता , ९ वर्षका विनोद, ३५ वर्षकी भगवती,   र  ७५ वर्षकी कौशिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी राजेन्द्र अधिकारीले जानकारी दिए ।

उनका अनुसार पर्वतको मोदी–५ आम्बोटमा पहिरोले पुरिँदा फूलमाया थापाको मृत्यु भएको छ । कुश्मा–११ पकुवामा पहिरोले घर पुरिँदा मायाकुमारी पौडेल र उनका ३ वर्षका छोराको मृत्यु भएको छ । त्यस्तै वेपत्ता मायाकुमारीकी सासू डल्ली पाध्या उनको खोजी कार्य जारी रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका