होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • ढुङ्गाले किचेर एक मजदुर मृत्यु

ढुङ्गाले किचेर एक मजदुर मृत्यु

ताप्लेजुङ,भदौं १८-

ताप्लेजुङमा निर्माणाधीन सानिमा हाइड्रोपावरमा काम गर्ने एक मजदुरको ढुङ्गाले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका–१ का ४४ वर्षीय खगप्रसाद तामाङ रहेका छन् ।

बिहीबार हाइड्रोपावरको भान्सा कोठामा बसिरहेको अवस्थामा माथिबाट ठूलो ढुङ्गा झरेर किचेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरीले कार्यालयका प्रहरी प्रवक्ता कैलाश अधिकारीले जानकारी दिनुभयो । जिल्ला अस्पतालमा शव परीक्षणका लागि प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ । मृतक सोही हाइड्रोपावरमा नै खाना पकाउने जिम्मेवारीमा रहेका थिए ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका