जोडिनुहोस

Banner

काठमाडौं,भदौं १७-

काठमाडौं महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधनमा महानगरपालिकाले शुक्रबार शुक्रबार शोक विदा दिने निर्णय गरेको छ । क्यान्सरबाट पीडित ६५ वर्षका श्रेष्ठको उपचारका क्रममा बुधबार साँझ नर्भिक अस्पतालमा निधन भएको हो । शुक्रबार शोक विदा दिने निर्णय भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिए ।

बुधबार साझ स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि वडा अध्यक्ष श्रेष्ठलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो । २०१३ साल पुस १४ गते जन्मिएका श्रेष्ठ नेपाली काँग्रेसको तर्फबाट वडा नम्बर १९ को वडा अध्यक्षमा २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *