होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • भरतपुर महानगरका ५ वडाध्यक्षले रोजे एकीकृत समाजवादी

भरतपुर महानगरका ५ वडाध्यक्षले रोजे एकीकृत समाजवादी

चितवन,भदौं १७-

भरतपुर महानगरपालिकाका ५ जना वडाध्यक्षले नेकपा एमाले छाडेका छन । उनिहरुले आज जिल्ला निर्वाचन कार्यालय भरतपुरमा पुगेर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका छन ।

सनाखत गर्नेहरुमा भरतपुर वडा नम्वर ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले, वडा नम्वर ९ का वडाध्यक्ष यमलाल कंडेल,वडा नम्वर १० का वडाध्यक्ष अरुणपिडित भण्डारी,वडा नम्वर १२ का वडाध्यक्ष नरेन्द्र कन्दङवा,वडा नम्वर २२ का अध्यक्ष विष्णुराज महतो रहेका छन । यसअघि माधव नेपाल समूहमा रहेका वडा नम्वर ५ का वडाध्यक्ष पदमपाणि सुवेदी एमालेमै रहने भएका छन ।

नेकपा एमालेबाट भरतपुरमा निर्वाचित १४ जना जनप्रतिनिधि मध्ये ५ जनाले नेकपा (एकीकृत समाजवादी) रोजेको भरतपुर महानगरपालिकाको प्रवक्ता समेत रहेको अरुणपिडित भण्डारीले नारायणी अनलाइनलाई बताए । उनले केही वडा सदस्यहरु पनि एकीकृत समाजवादीमा सनाखत भएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका