होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • एनआरएनएको अध्यक्षमा तीन जनाले उम्मेदवारीको घोषणा

एनआरएनएको अध्यक्षमा तीन जनाले उम्मेदवारीको घोषणा

काठमाडौँ, भदौ १७–

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिने भएका छन् ।

अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी)को आयोजनामा  महाधिवेशन यही अक्टोबरमा हुन लागेकोले उनीहरुले उम्मेदवारी दिन लागेका हुन् ।

उक्त महाधिवेशनको अध्यक्ष पदमा रबिना थापा, बद्री केसी र कुल आचार्य गरी तीन जनाको उम्मेदवारी  रहने छ । त्यस्तै अध्यक्ष पदमा उम्मेदवारी दिएका थापा र आचार्य प्रजातान्त्रिक समूह र  केसी नेकपा एमाले केपी ओली समूहमा आवद्ध छन् ।

अमेरिका निवासी थापा विगत २०१९ –२०२१ को आईसीसी  अध्यक्ष समेत रहेका थिइन् । त्यसअघि उनी २०१५ –२०१७ सम्म अमेरिकाको एनसीसीको उपाध्यक्ष थिइन् । युवा र महिलाको साथ र समर्थनबारे काम गर्दै आएकी थापासँग यस संस्थाबारे  राम्रो अनुभव रहेको छ  । विश्वभर रहेका नेपाली युवा तथा महिलाको साथ र समर्थनमा आफू सक्षम र योग्य भएकोले यो उम्मेदवार दिएको  थापा बताउँछिन  ।

विभिन्न देशका प्रतिनिधिबाट समर्थन

‘महिलालाई अगाडि लैजाने विषय कार्यान्वयन भएन तर रबिनामा सबैलाई मिलाएर लैजान क्षमता  रहेको  २०२१ –०२३ आईसीसीका सचिव शंकर खड्का बताउँछन् । त्यस्तै महिलालाई अगाडि बढ् भन्ने तर अगाडि बढ्न खोज्दा खुट्टा तान्ने प्रवृत्ति हटाउनु पर्ने उनको भनाइ छ ।

यसैगरी रबिना एक सक्षम योग्य महिला भएकाले उनलाई सबैले सहयोग गर्नुपर्ने २०२१ –०२३ का आईसीसीका महासचिव विनय अधिकारीले बताए । उनी भन्छन, ‘ एनआरएनमा महिला नेतृत्वको विषय भाषणमा मात्र सिमित भएको छ त्यसैले थापालाई गुमाउनु हुदैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका