जोडिनुहोस

Banner

काठमाडौं ,  भदौ १४-

तीन सातादेखि काठमाडौं उपत्यकाको फोहोर उठेन सकेको छैन ।

बिगत तीन सातादेखि सडकमा थुप्रिएको फोहोर नउठाएको विरोधमा काठमाडौं महानगरपालिका कार्यालय अगाडि फोहोर थुपारेर स्थानीएले प्रदर्शन गरिएको छ ।

सुन्धारास्थित काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि युथ कांग्रेस नेपालले फोहोर थुपारेर प्रदर्शन गरेको हो । उनीहरुले ‘मेयरलाई फोहोर उपहार’, ‘फोहोरी राजनीति फोहोरी शहर’ लेखेको प्लेकार्ड प्रदर्शन गरेर विरोध गरेका थिए ।

 महानगरपालिकाले फोहोर नउठाएको कारण घर तथा कार्यालयमा फोहोर थुप्रिएपछि मानिसहरुले सडक किनारमा फालेका छन् । सडकमा फोहोर थुुप्रिएपछि दुर्गन्ध फैलिएको छ । घरायसीदेखि व्यापारिक र स्वास्थ्य संस्थासम्मका फोहोरमैला उठेका छैनन् ।

महानगरपालिकाको अनुसार नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइट जाने सडक बिग्रिएको कारण देखाएर काठमाडौं उपत्यकामा तीन सातादेखि फोहोर संकलन गर्न छाडिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *