होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • चितवनमा एक युवकको शंकास्पद मृत्यु, आफन्तको दावीः साथीहरुले नै हत्या गरे

चितवनमा एक युवकको शंकास्पद मृत्यु, आफन्तको दावीः साथीहरुले नै हत्या गरे

चितवन, भदौ १३–

चितवनमा एक युवकको रहस्यमय मृत्यु भएको छ । पूर्वीचितवनको रत्ननगर नगरपालिका–१४, पारिजात चोक बस्ने १८ वर्षीय अंकुर अधिकारीको भदौ ९ गते रहस्यमय ढंगले मृत्यु भएको हो । जन्मदिन मनाउन भन्दै साथीहरुले नै अंकुरलाई मोटरसाइकलमा राखेर लगेका थिए ।

९ जनाको समूहका रहेका उनीहरु राप्ती नगरपालिका–४ स्थित मार्ताल खोलामा पौडी खेल्न पुगेका थिए । बेलुकासम्म छोरो नफर्किएपछि आफन्तहरुले रातिदेखि नै खोजी गरेका थिए । अन्ततः अंकुरको शव घटनास्थल भन्दा २ किलोमिटर पर खोला छेउमा भेटिएको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा कसैले मारेर फालेको देखिने पीडित परिवारले जनाएको छ । मृतकका मामा ललित तामाङले भाञ्जासंगै गएका साथीहरुले नै हत्या गरेर फालेको आरोप लगाए । नारायणी अनलाइनसंग कुरा गर्दै तामाङले भने–‘शव हेर्दा टाउँमा २/३ ठाउँमा पिटेर घाउ बनाएको जस्तो, घाटी भन्दा माथि मात्रै चोटपटक देखिन्छ, शरीरको अन्य भागमा केही छैन ।’ उनले साथीहरुले नै टाउकोमा पिटेर मरेपछि खोलामा फालेको हुन सक्ने भन्दै निश्पक्ष छानविनको माग गरे ।

उनका अनुसार अंकुरसंगै गएका साथीहरुले खोलामा डुबेर मृत्यु भएको दावी गरेका छन् । ‘अंकुरलाई पौडी खेल्न नआएपछि खोला छेउमै बसेको तर कुन समयमा उनी बेपत्ता भए भन्ने बारे कसैलाई थाहा नभएको बयान दिएछन्’ तामाङले भने ‘करिव ६० जना भन्दा बढी खोलामा पौडी खेलीरहेको ठाउँमा एउटा व्यक्ति डुब्नै लाग्दा कसैले थाहा नपाउनु भन्नु नै घटना रहस्यमय छ ।’ टाउकोमा गम्भिर प्रकृतिको चोट देखिनु तर शरीरको अन्य भागमा सामान्य अवस्था देखिनुले थप रहस्य देखिएको उनको भनाई छ । साथीहरुका अनुसार अंकुरम पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् । तर डुबेर मृत्यु हुने व्यक्तिहरुमा पेटभित्र पानी देखिने र बगेर मृत्यु हुने मानिसको शरीरमा अन्य चोटपटक देखिने अवस्थामा अंकुरमा त्यो अवस्था नदेखिएकोले शंकास्पद देखिन्छ ।

घटनापछि चितवन प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले अंकुरसंगै गएका साथीहरुलाई बोलाएर सोधुपछ गरेको छ । घटना रहस्यमय भएकाले अनुसन्धान प्रक्रियालाई अगाडि बढाउँदै लगेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) नरहरि अधिकारीले जानकारी दिए । ‘संगै गएका साथीहरुलाई सोधुपछ गरेका छौं, घटनाको अनुसन्धान जारी छ’ डिएसपी अधिकारीले भने । उनले पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेकाले अनुसन्धान पश्चात घटना विवरण सार्वजनिक गरिने बताए ।
भदौ १० गते शव भेटिएपछि भरतपुर अस्पतालमा पोस्टमार्टम गरिएको थियो ।

एक प्रतिक्रिया on “चितवनमा एक युवकको शंकास्पद मृत्यु, आफन्तको दावीः साथीहरुले नै हत्या गरे

  1. यस्तो दुखत समाचार मा पनि हाँस्ने हरु हुँदो रहेछ😡

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका