जोडिनुहोस
बिहिबार, कार्तिक ११, २०७८
बिहिबार, कार्तिक ११, २०७८
alt
  • होमपेज
  • कालिका नगरपालिकाका चार सामुदायिक विद्यालयलाई स्कुल बस

कालिका नगरपालिकाका चार सामुदायिक विद्यालयलाई स्कुल बस

चितवन, साउन ९–

कालिका नगरपालिकाले नगरभित्र रहेका चार वटा सामुदायिक विद्यालयलाई स्कुल बस प्रदान गरेको छ । आर्थिक वर्ष २०७६/७७ को बजेटबाट दुई वटा र आव २०७७/७८ को बजेटबाट दुई वटा गरी चार वटा सामुदायिक विद्यालयलाई बस प्रदान गरिएको हो । सामुदायिक विद्यालयको शैक्षिक सुधार तथा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन नगरभित्रको सामुदायिक विद्यालयमा बस प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख खुमनारायण श्रेष्ठका अनुसार आव २०७६/७७ को बजेटबाट पृथ्वी माध्यमिक विद्यालय भटेनी र आधारभूत विद्यालय समीपुरलाई एक/एक वटा बस हस्तान्तरण गरिएको हो । आव २०७७/७८ को बजेटबाट शक्तिखोरको चतुर्मुखी माध्यमिक विद्यालय र पद्मपुरको भीमोदय माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।

श्रेष्ठले सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै विद्यार्थीको भविष्य सुनिश्चितताका लागि सेवा थप गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सेवा बढाउँदा शैक्षिक गुणस्तर सुधार हुनैपर्छ ।” शैक्षिक सुधारकै लागि स्कुल बस प्रदान गरिएको भन्दै उहाँले पहाडी क्षेत्रमा रहेका चेपाङ बालबालिकाको शिक्षामा सहजताका लागि अझै पनि समस्या रहेको बताउनुभयो ।

चेपाङ बालबालिकाको शिक्षाको सुनिश्चितताका लागि आवासीय विद्यालय निर्माण भइरहेको श्रेष्ठको भनाइ छ । कालिका नगरपालिकामा ३५ सामुदायिक र ११ संस्थागत विद्यालय रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका