होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • रौतहटमा पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर फसाउन खोज्ने दुई पक्राउ, प्रहरी निलम्बित

रौतहटमा पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर फसाउन खोज्ने दुई पक्राउ, प्रहरी निलम्बित

रौतहट, भदौ ७–

अन्ततः रौतहटका पत्रकारको मोटरसाइकलमा अन्य दुई व्यक्तिले लागूऔषध राखेर फसाउन खोजेको पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय, रौतहटले सोमबार पत्रकार सम्मेलन गरी निर्दोष व्यक्तिलाई घुमुवा प्रहरीकै संलग्नतामा फसाउन खोजिएको तथ्य फेला परेको प्रहरीले जनाएको छ । यस घटनामा नेपाल पत्रकार महासंघ जिल्ला शाखाकै एक जना पदाधिकारीको पनि संलग्नता रहेको प्रहरीले दावी गरेको छ ।

रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहका अनुसार नेपाल पत्रकार महासंघ, रौतहटका सह–सचिव सञ्जय शहनीले धिरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी पत्रकार मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा लागूऔषध राख्न लगाएको पाइएको छ । पत्रकार शहनीले प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई बोलाएर पक्राउ गर्न लगाएको प्रहरीले स्पष्ट पारेको छ ।

प्रहरीले लागूऔषध राख्ने दुवै जनालाई पक्राउ गरेको छ । यस्तै गैरव्यवसायिक काम गरेको भन्दै दुई जना प्रहरीलाई निलम्बन समेत गरिएको प्रहरी प्रमुख शाहले जानकारी दिए । गत साउन ३२ गते प्रहरीले पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरिएको जनाएको थियो ।

तर सार्वजनिक एक सीसी टिभी फुटेजमा अन्य व्यक्तिले मोटरसाइकलमा लागूऔषध राखेको देखिएपछि घटना ट्वीस्ट भएको थियो । यसबारे पत्रकार सम्बद्ध संघसंस्थाहरुले विज्ञप्ती जारी गरेर घटनाको सत्य तथ्य सार्वजनिक गर्न माग गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका