जोडिनुहोस
बिहिबार, कार्तिक ११, २०७८
बिहिबार, कार्तिक ११, २०७८
alt
  • होमपेज
  • विपदबाट ज्यान गुमाएका परिवारलाई कांग्रेसको राहत, चितवनका दुई परिवारलाई बाडिने

विपदबाट ज्यान गुमाएका परिवारलाई कांग्रेसको राहत, चितवनका दुई परिवारलाई बाडिने

चितवन, भदौ ६–

नेपाली कांग्रेसले बाढी र पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई राहत वितरण गर्ने अभियानलाई तिव्रता पारेको छ । पार्टीका केन्द्रीय सदस्य एवंम पूर्व मन्त्री मोहन बहादुर बस्नेत संयोजक रहेको बाढी पहिरो विपद् व्यवस्थापन समितिले राहत वितरण अभियानलाई तिव्रता दिएको हो । राहत वितरणका लागि संयोजक बस्नेत स्वंम खटिएका छन् ।

राहत वितरणको क्रममा चितवन आइपुगेका नेता बस्नेतले आइतबार विहान पत्रकारहरुसंग संक्षिप्त कुरा गर्दै राहत वितरण तत्कालै गर्नुपर्ने भएकाले अहिले अभियानलाई तिव्रता दिएको बताए । उनले हालसम्म १६ परिवारलाई राहत वितरण गरिसकेको जानकारी दिए । उनका अनुसार प्रत्येक परिवारलाई अहिले २५ हजार रुपैयाँ प्रदान गरिएको छ । ‘राहत वितरण जस्तो कार्य तत्कालै दिएमा मात्रै अनुभूति हुन्छ, त्यसैले छिट्टै सबै ठाउँमा वितरण गरिसक्ने अभियानमा जुटेका छौं’ नेता बस्नेतले भने ।

उनले वि.संं.२०७८ सालयता बाढी र पहिरोको कारण मात्रै परिवार गुमाएकालाई राहत वितरण गरिरहेको बताए । ‘जसको शवको सनाखत भएको छ, त्यस्तो परिवारलाई मात्रै अहिले राहत दिइरहेका छौँ’–नेता बस्नेतले भने ।

कांग्रेसले गृहमन्त्रालयले उपलब्ध गराएको तथ्यांकको आधारमा राहत वितरण कार्यलाई अगाडि बढाएको हो । नेता बस्नेतका अनुसार हालसम्म २९ जिल्लाका ७१ जनाको मृत्यु भएको तथ्यांक प्राप्त भएकोले ति परिवारलाई राहत वितरण गर्न लागिएको हो । नेता बस्नेत शनिबार आफै गोरखा र तनहुँ पुगेर राहत वितरण गरेका छन् । तनहुँका ५ परिवार र गोरखाका २ परिवारलाई नगद २५ हजार रुपैयाँ हस्तान्तरण गरिएको उनले बताए । उनले चितवनका दुई परिवारलाई सोमबार विहान राहत वितरण गरिने बताए । यस्तै नेता बस्नेतले आइतबार र सोमबार भित्रमा रौतहटका ३, सर्लाही र मकवानपुरका १ परिवारलाई राहत वितरण गर्न लागिएको बताए ।

नेता बस्नेत आफै पुग्न नसकेको ठाउँमा पार्टीको प्रतिनिधिलाई राहत वितरण अभियानमा पठाईएको बताए । उनले दार्चुलालगायतका जिल्लाका पीडित परिवारलाई सोही ठाउँका कांग्रेस प्रतिनिधिलाई राहत रकम पठाइएको बताए । ‘जतिसक्दो चाडो राहत वितरण गरिसक्नु पर्ने भएकाले सबै ठाउँमा म आफै पुग्न खोज्दा ढिला हुन सक्छ, राहत चाडै पुगोस् भनेर स्थानीय पार्टी प्रतिनिधिबाट पनि राहत वितरण भइरहेको छ’–नेता बस्नेतले भने ।

राहत वितरणका लागि १८ लाख रुपैयाँ भन्दा बढी खर्च हुन्छ । त्यसका लागि सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले ५ लाख रुपैयाँ दिएको छ । बाँकी रकम आफै सहयोगीहरु मार्फत उठान थालिएको बस्नेतले बताए । कांग्रेसको केन्द्रीय समितिको बैठकबाट बस्नेतलाई बाढी पहिरो विपद् व्यवस्थापन समितिको संयोजक बनाईएको थियो । उनले मनोनयन पत्र बुझेकै दिन प्रतिपरिवारलाई २५ हजार रुपैयाँ दिने घोषणा गरेका थिए । ‘मलाई विगतमा गरेको कामको अनुभव थियो, त्यही आधारमा मैले मनोनयन पत्र बुझेकै दिन मृतक परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरे र आज काम तिव्र रुपमा भइरहेको छ’–नेता बस्नेतले सुनाए । आफूले आँट गरेरै सहयोग अभियान अगाडि बढाइएको उनले बताए ।

कांग्रेसका प्रभावशाली युवा नेता बस्नेतले २०७१ मा जुरेमा गरेको पहिरोको बेलामा पनि उल्लेखीय काम गरेका थिए । स्थानीय जनतासंग निकट गरेका बस्नेतले हरेक सुखदुःखमा साथ दिँदै अघि बढे । उनले नेपालमा कोरोना भाइरस (कोभिड–१९)बाट पहिलो मृत्यु भएका व्यक्तिको परिवारलाई पनि सहयोग गरिरहेका छन् । बच्चा जन्मिएको ९ दिनमै कोरोनाले आमाको मृत्यु भएपछि बिचल्ली भएको बालिकाको सम्पूर्ण पढाई खर्च व्यहोर्नेदेखि पोषणयुक्त खानाका लागि व्यक्तिगत ५० हजार रुपैयाँ सहयोग गरेका थिए ।

पत्रकारहरुसंगको संक्षिप्त कुराकानीको क्रममा कांग्रेस चितवनको कोषाध्यक्ष शंकर कँडेल र नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय महासचिव एवंम कांग्रेस चितवनका महासमिति सदस्य सुवोध प्रधानलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका