होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • चितवनमा तोरीको तेलमा रङ मिसाउने उद्योगलाई कारवाही, एक वर्ष कैद र ४० हजार जरिवाना

चितवनमा तोरीको तेलमा रङ मिसाउने उद्योगलाई कारवाही, एक वर्ष कैद र ४० हजार जरिवाना

चितवन, भदौ ४–

चितवन जिल्ला अदालतले तोरीको तेलमा अखाद्य रङ मिसाउने खैरहनी नगरपालिका–६ स्थित ओमकार आयल इण्डष्ट्रीजलाई दोषी ठहर गरेको छ।

न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले ओमकार आयल इण्डष्ट्रीजका सञ्चालक राम श्रेष्ठलाई एक वर्ष कैद र ४० हजार जरिवानाको फैसला सुनाएको हो। अदालतमा मुद्दा दर्ता भएको डेढ वर्षपछि अदालतले फैसला गरेको हो ।

ओमकार आयलको उत्पादन त्रिवेणी ब्रान्डको तोरीको तेलमा अखाद्य रङ मिसाइएको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरले ०७६ पुस २२ गते अदालतमा मुद्दा दर्ता गरेको थियो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नै २०७५ फागुन २३ गते उद्योगको अनुगमन गरेको थियो। प्याकिङ गर्नु अघि र प्याकिङ भइसकेको तेलको नमुना लिएर विभागले आफ्नै प्रयोगशालामा तेलको गुणस्तर परीक्षण गर्दा रङ भेटिएको थियो।

एक प्रतिक्रिया on “चितवनमा तोरीको तेलमा रङ मिसाउने उद्योगलाई कारवाही, एक वर्ष कैद र ४० हजार जरिवाना

  1. ०७६ पुस २२ गते अदालतमा मुद्दा दर्ता गरेको थियो। २०७५ फागुन २३ गते उद्योगको अनुगमन, अदालतमा मुद्दा दर्ता भएको डेढ वर्षपछि अदालतले फैसला गरेको हो । यति समयसम्म कतिको स्वास्थ्यमा आँच आयो हाेला ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका