होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • अब चितवनबाटै लाइसेन्सको नविकरण हुने, बागमती प्रदेशका मन्त्रीेले गरे पहिलो निर्णय

अब चितवनबाटै लाइसेन्सको नविकरण हुने, बागमती प्रदेशका मन्त्रीेले गरे पहिलो निर्णय

चितवन,भदौं ४-

चितवनमै सवारी चालक अनुमती पत्र (लाइसेन्स) को नविकरण हुने भएको छ । बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले पहिलो निर्णयबाट चितवनको भरतपुरबाटै लाइसेन्स नविकरण गर्ने व्यवस्था गरेका हुन । अबको केही दिनपछि चितवनबाटै साना–ठूला सबै सवारी साधन चालकको लाइसेन्स नविकरण हुनेछ ।

यस्तै नयाँ लाइसेन्स लिनका लागि पनि चितवनको आँपटारीमा रहेको जग्गामा संरचना निर्माणको काम अघि बढाउने तयारी गरिएको मन्त्रालयका सचिव संजीव वरालले नारायणी अनलाइनलाई जानकारी दिए ।

यातायात व्यवस्था सेवा कार्यालय भरतपुरमा कर्मचारीको दरबन्दी थप गरेर लाइसेन्स नविकरणको काम गरिने छ । साथै मन्त्री पाण्डेले अनलाइनबाटै राजश्व तिर्न सकिने व्यवस्था गरेको नेपाल यातायात व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिए ।

पुरानो नारायणी यातायातका प्रालिका निर्देशक शंकर गिरीले मन्त्रालयको निर्णयले चितवन र आसपासका जिल्लाका सबै सवारीसाधन चालकलाई खुसी बनाएको बताए ।

4 प्रतिक्रिया on “अब चितवनबाटै लाइसेन्सको नविकरण हुने, बागमती प्रदेशका मन्त्रीेले गरे पहिलो निर्णय

  1. सहि भयको छ खुसी लाग्यो एउटा जिज्ञासा थियो !लाइट गाडी को लाइसेन्स निकाल्दा कति खर्छ लाग्छ होला बताउनु भएमा खुसी हुनि थिए

  2. राम्राे काम काे लागि सधैंभरि सहयाेग गर्नेछौं ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका