जोडिनुहोस
alt
  • होमपेज
  • चितवनमा इन्टरनेट कम्पनीहरुले विद्युत पोलको भाडा तिरेनन्, प्राधिकरणद्वारा सेवा विस्तारमा रोक

चितवनमा इन्टरनेट कम्पनीहरुले विद्युत पोलको भाडा तिरेनन्, प्राधिकरणद्वारा सेवा विस्तारमा रोक

चितवन, साउन ३२-

चितवनमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले सेवा विस्तारमा विद्युतको पोल प्रयोग गरे वापतको राजस्व तिरेका छैनन् । विद्युत् प्राधिकरणले २०७३ सालमा नयाँ कार्यविधि बनाएर पोल प्रयोग गरे वापत राजस्व लिने कार्यविधि बनाए पनि कम्पनीहरुले राजस्व तिर्न आनाकानी गर्दै आएका हुन् ।

नेपाल विद्युत प्राधिकरण भरतपुर बितरण केन्द्रले विद्युतको पोल प्रयोग गरेर राजस्व नतिर्ने दुई कम्पनीको सेवा विस्तार कार्य रोकेको छ । जसमा डिसहोम कम्पनी र क्लासिक टेक रहेका छन् । विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इञ्जिनियर शिशिर लम्सालका अनुसार प्राधिकरणले भरतपुर महानगरपालिका–५ को प्रेमबस्ती र भरतपुर–११ जागृतिचोकमा इन्टरनेट विस्तार गरिरहेको अवस्थामा क्लासिक टेक र डिसहोमलाई सेवा विस्तार नगर्न निर्देशन दिँदै विस्तारमा रोक लगाएको हो । उनले नारायणी अनलाइनलाई भने, ‘ यो काम पहिलो चरणमा भएको हो । अब पनि कम्पनीहरुले राजस्व नबुझाए दोस्रो चरणमा सरोकारवालाहरुसँग छलफल गरेर इन्टरनेट सेवा नै अवरुद्ध गर्नेछौं ।’ उनले प्राधिकरणले पटकपटक ताकेता गर्दा पनि कम्पनीहरुले बेवास्ता गरेको बताए ।

इन्टरनेट सेवा वा अन्य सञ्चार सम्बन्धी सेवा प्रदान गर्ने कम्पनीहरुले नियमत पोल चार्ज बापत पोल भाडा अवस्था हेरेर झण्डै नौ हजारदेखि १४ हजार प्रति किमी तिर्नुपर्ने हुन्छ । हाल एनसेल कम्पनी तिर्ने प्रक्रियामा रहेको भए पनि अन्य कुनै पनि कम्पनीले रकम बुझाउन बितरण केन्द्रमा सम्पर्क नगरेको प्राधिकरणले जनाएको छ । यदि कम्पनीले अझै अटेरी गरेमा लाइन बिस्तार कार्य रोक्ने, अटेरी गर्नेको केबल काट्ने तथा दोस्रो चरणमा कनुनी दायरा भित्र नआउने सबै सेवा प्रदायक लाई नियमअनुसार कारबाही प्रकृया अघि बढाउने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिव कुमार सिंहले बताउनुभयो ।

एक प्रतिक्रिया on “चितवनमा इन्टरनेट कम्पनीहरुले विद्युत पोलको भाडा तिरेनन्, प्राधिकरणद्वारा सेवा विस्तारमा रोक

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका