जोडिनुहोस

Banner

पुनम गौतम

लिस्बन, साउन २८-

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति पोर्चुगलको ८ औं अधिवेशनबाट अध्यक्षमा सर्वाधिक मतसहित युवा व्यवसायी रविन अधिकारी चयन भएका छन् ।

अध्यक्ष अधिकारीले निकटतम् प्रतिस्पर्धी सोमफुरी शेर्पालाई पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् । रविनले कुल ७९४ मत ल्याउँदा शेर्पाले १५० मत प्राप्त गरेका छन् । यता आईसीसी सदस्यमा भिमसेन थापा विजयी भएका छन् । थापासँगै चुनावी मैदानमा उत्रिएका हेमराज सुवेदीले २७६ मत मात्रै प्राप्त गरेका थिए ।

दुई चरणमा भएको संघको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा सीता श्रेष्ठ विजयी भएका छन् । उनले ६०३ मत पाउँदा निकटतम् प्रतिस्पर्धी विष्णु बस्नेतले ३४४ मत प्राप्त गरे । बुधबार भएको मतगणनाबाट संघको महिला उपाध्यक्षमा दीपा काफ्ले निर्वाचित भएका छन् । उनले ५६७ मत पाउँदा सोही पदकी प्रत्यासी निर्मला ढकालले ३०९ मत मात्रै प्राप्त गरिन् ।

यस्तै संघको उपाध्यक्षमा दिनेश भण्डारी र उमेश खड्का विजयी भएका छन् । उनीहरुले क्रमशः ६५६ र ५३७ मत प्राप्त गरेका थिए । उपाध्यक्षका अर्का प्रत्यासी सुरेश पुनले २७३ मत मात्रै पाएका थिए । यता महासचिवमा राजकुमार थापाले बाजी मारेका छन् । थापाले ५४१ मत पाउँदा अर्का प्रत्यासी सुमन शर्माले ३५० मत पाए । उनीहरु दुवै क्रमशः केपी शर्मा ओली र माधव नेपाल समूहका हुन् ।

यस्तै संघको नयाँ कार्यसमितिको सचिवमा रवि अर्याल र राजेश दुलाल विजयी भएका छन् । उनीहरुले क्रमशः ५६४ र ५२४ मत प्राप्त गरेका छन् । यता निकटतम् प्रतिस्पर्धी मिलन रेग्मीले भने ३६८ मत प्राप्त गरे ।

त्यसैगरी सघको कोषाध्यक्षमा युवराज खनाल विजयी भएका छन् । उनले ५८० मत पाउँदा प्रतिस्पर्धी शान्ति अधिकारीले २९६ मत मात्रै प्राप्त गरे । यस्तै सहकोषाध्यक्षमा नविन सापकोटा विजयी भएका छन् । सापकोटाले ६२९ मत पाउँदा उनका प्रतिस्पर्धी राजेन्द्रप्रसाद डुम्रेले २३१ मत पाएका थिए । उता संघको महिला संयोजकमा सीता ढकाल विजयी भएका छन् । उनले ६५० मत पाउँदा उनकी प्रतिस्पर्धी दीपा लिम्बुले २६७ मत प्राप्त गरे ।

यसअघि युवा संयोजक, लेखा समिति संयोजक र सदस्यहरु निर्विरोध भइसकेका छन् । संघको निर्वाचनमा नेपाली जनसम्पर्क समिति पोर्चुगलसँग माओवादी र माधव पक्षले सहमति गरेको थियो भने केपी शर्मा ओली पक्षसँग जनता समाजवादी पार्टीले चुनावी सहमति गरेको थियो ।

कुल एक हजार ६८८ पञ्जिकृत सदस्य रहेको पोर्चुगलमा एक हजार ५ मत खसेको थियो । जहाँ लिस्वनमा ६३४ मत खस्दा अल्गार्भ, अलेन्तेजो र नर्थ क्षेत्रमा ३७१ मत खसेको निर्बाचन संयोजक रमेश कुमार गुरुङले जानकारी दिए । यी क्षेत्रहरुमा भने अनलाइन भोटिङ भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *