जोडिनुहोस
alt
  • होमपेज
  • शान्ता जिसीको तीज गीत ‘घरबारी’ सार्वजनिक

शान्ता जिसीको तीज गीत ‘घरबारी’ सार्वजनिक

चितवन, साउन १७-

महिलाहरुको महानपर्व हरितालिका तीज नजिकिएसँगै तीजका गीत सार्वजनिक हुने क्रम बढेको छ ।

यसैबीच गायिका शान्ता जिसीको स्वर रहेको नयाँ गीत ‘घरबारी’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । प्रेम सापकोटा ‘सोनु’ र शान्ता जिसीको स्वर रहेको गीतलाई प्रेम सापकोटाले शब्द लेखेका हुन् । गीतमा उनकै म्युजिक छ ।

महेन्द्र भण्डारीको म्युजिक एरेन्ज, खडक वाजुरालीको साउण्ड मिक्सिङमा तयार गीत मालाश्रीमा रेकर्ड गरिएको हो । यसको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । राजेश घिमिरेले खिचेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । भिडियोमा रामजी खाँड र अनु पराजुलीलगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

शान्ता जिसीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गीत छोटो समयमै चर्चामा छ । यसअघि गायिका जिसीले सार्वजनिक गरेका गीतहरु ‘जापानिज साडी, वरीलै, बाहिर कुरा नगरलगायतका गीत चर्चित छन् । यो गीतबाट पनि राम्रो प्रतिक्रिया पाएको उनको भनाइ छ । बाचा तिम्रो बचन लगायतका अरु आधा दर्जन गीतमा स्वर भरेकी उनी लामो समयदेखि जापान बस्दै आएकी छन् । उनले हरेक वर्ष तीजका समयमा तिज गीत ल्याउने गरेकी छन् भने अन्य बेलामा समेत फ्याट्टफुट्ट गीत सार्वजनिक गरिरहेकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका