होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • चितवनमा ०४८ सालमा अमिक शेरचनसँगै पराजित भएका थिए पृथ्वीमान गुरुङ

चितवनमा ०४८ सालमा अमिक शेरचनसँगै पराजित भएका थिए पृथ्वीमान गुरुङ

चितवन,साउन १२-

सरकारले गण्डकी प्रदेशको प्रमुखमा पृथ्वीमान गुरुङलाई सिफारिस गर्ने निर्णय गरेको छ । चितवनका गुरुङ एक शालिन र हक्की स्वभावका नेताका रूपमा चिनिन्छन् ।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २६ दिव्यनगर स्थायी घर भएका उनी पूर्वप्राध्यापक हुन् । प्रदेश सभा सदस्य मिलनबाबु श्रेष्ठका अनुसार २०३६ सालतिर उनले पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापन पेशा छाडेर जनमत संग्रहका साथै सक्रिय राजनीतिमा लागेका थिए । त्यसपछि उनले ०४८ सालमा चितवन क्षेत्र नम्बर ३ बाट सांसदका लागि कांग्रेसको टिकट पाएका थिए । अमिक शेरचनबाट पराजित भएका उनी त्यसपछि सुकुम्वासी आयोग नवलपरासीको अध्यक्ष पनि भएका थिए ।

उनी जिल्ला कार्यसमिति चितवनका पूर्वसभापति पनि हुन् । जिल्ला सभापति जीतनारायणका अनुसार उनी भद्र शालीन, इमान्दार, बौद्धिक, नैतिकवान नेताका रूपमा परिचित छन् । उनी २०६२ देखि ०६५ सम्म पार्टी जिल्ला सभापति पनि थिए । २०४६ सालको जनआन्दोलनमा पार्टीको सञ्चालकको जिम्मेवारीमा रहेर आन्दोलनमा होमिएका थिए ।

उनी देउवा निकट नेता हुन् । हाल १४ औँ महाधिवेशनका लागि पनि उत्तिकै सक्रिय रहँदै आएका उनी महाधिवेशन प्रतिनिधि हुन् । गुरुङले २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा टिकट पाए पनि अन्तिम समयमा उनको टिकट खोसिएको थियो । कास्कीका पुराना नेता शुक्रराज शर्माका अनुसार पञ्चायती व्यवस्थाविरुद्ध गुरुङ सक्रियताका साथ लडेका थिए ।बाह्रखरीबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका