जोडिनुहोस
alt
  • होमपेज
  • मकवानपुर गढीमा १५ श्ययाको अस्पताल निर्माण

मकवानपुर गढीमा १५ श्ययाको अस्पताल निर्माण

बाग्मती, साउन ११-

मकवानपुरगढी गाउँपालिका वडा न ६ स्थित डुम्रेकुनामा रु ६ करोड ५७ लाखका लागतमा १५ श्ययाको अस्पताल निर्माण भइरहेको छ । पन्ध्र श्ययाको सो अस्पताल सङ्घीय सरकारको आर्थिक सहयोगमा निर्माण जारी रहेको गाउँपालिकाका इञ्जिनीयर सुवास अधिकारीले जानकारी दिनुभयो ।

अस्पताल बनाउन स्थानीयवासी नरबहादुर स्यागंतान तथा वीरबहादुर लुगङवाले नौ रोपनी जग्गा प्रदान गर्नुभएको थियो । गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९मा अस्पतालको निर्माण , संरक्षण तथा व्यवस्थापनका लागि रु ३० लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष विदुर हुमगाई ले जानकारी दिनुभयो ।

अस्पताल नहुँदा उपचारका लागि हेटाँैडा र चितवन जानुपर्ने बाध्यता छ । गाउँपालिकाले सुत्केरी भत्ताबापत रु पाँच हजार प्रदान गर्दै आएको छ । सङ्घीय सरकारले सुत्केरी भत्ताबापत रु दुई हजार ८०० दिँदै आएकोमा गाउँपालिकाले सुत्केरी भत्तालाई बढाएर रु पाँच हजार कायम गरेको अध्यक्ष हुमगाईले जानकारी दिनुभयो । गाउँपालिकाले गर्भवतीका लागि घरदैलो सेवासमेत प्रदान गरेको बताइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका