होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • पोल्ट्री उद्योगको विकासका लागि प्रचण्डको ध्यानाकर्षण, प्रयत्न गर्ने आश्वासन

पोल्ट्री उद्योगको विकासका लागि प्रचण्डको ध्यानाकर्षण, प्रयत्न गर्ने आश्वासन

चितवन, साउन ९-

नेपाल पोल्ट्री महासंघको एक प्रतिनिधि मण्डलले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराएका छन् ।

अध्यक्ष गुणचन्द्र विष्टको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज प्रचण्डलाई भेटेर पोल्ट्री उद्योगको दीर्घकालिन विकासको लागि पहल गरिदिन प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।

माओवादीसहितको गठबन्धनमा सरकार बनेपछि आफूहरुले पोल्ट्री क्षेत्रको दीर्घकालिन विकासको लागि पहल गरिदिन अनुरोध गरेको अध्यक्ष विष्टले नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ कोरोनाले गर्दा पोल्ट्री उद्योग डामाडोल भएको छ । हामीले उद्योगीहरुको लागि भन्सारमा कर छुटदेखि सुधारका विभिन्न विषयबारे प्रचण्डको ध्यानाकर्षण गराएका छौं ।’ अध्यक्ष विष्टले प्रचण्डले सक्दो प्रयत्न गर्ने आश्वासन दिएको नारायणी अनलाइनलाई बताए । प्रतिनिधिमण्डलमा चितवनबाट महासंघका अध्यक्ष विष्ट, उपाध्यक्ष टीका पोखरेल र कार्यसमिति सदस्य ऋषि पौडेल रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका