aroma
जोडिनुहोस
  • होमपेज
  • बागलुङमा घरेलु मदिरा पिएर गम्भीर बिरामी भएकालाई पोखरा पठाइयो

बागलुङमा घरेलु मदिरा पिएर गम्भीर बिरामी भएकालाई पोखरा पठाइयो
File Photos

बागलुङमा,साउन ५ –

गलकोट नगरपालिकामा घरेलु रक्सी सेवन गरी गम्भीर बिरामी परेका दुई जनालाई पोखरा पठाइएको छ ।

धौलागिरि अस्पतालमा उपचाररत रहेका रोल्पा सुनिल स्मृति गाउँपालिका–५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रविन पुनलाई थप उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल पोखरा पठाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिनुभयो ।
दुवैको मिर्गौलामा असर पु¥याएको जनाइएको छ । नगरपालिकामा मजदुरी गर्दै आएका चारजना मजदूरको भने आज बिहान मदिरा सेवन गरेका कारण ज्यान गएको थियो । उनीहरुको चार जनाको धौलागिरि अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

रोल्पा सुनिल स्मृति गाउँपालिका–५ का २१ वर्षीय दीपेन्द्र पुन, सोही स्थानका ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रवीन घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो । प्रहरीले मदिरा पसल सञ्चालक तथा पसलका खाद्य सामग्री नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका