aroma
जोडिनुहोस
  • होमपेज
  • अफ्गानिस्तानमा तालिबानद्धारा सेनाको हत्या, एम्नेस्टीद्धारा युद्ध अपराधको संज्ञा

अफ्गानिस्तानमा तालिबानद्धारा सेनाको हत्या, एम्नेस्टीद्धारा युद्ध अपराधको संज्ञा

लण्डन,साउन ५।

अफ्गानिस्तानमा तालिबानले सेनाको हत्या गरेको घटनाप्रति मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले निन्दा गरेको छ ।
मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले विद्रोही लडाकु समुह तालिबानद्धारा २२ जना अफ्गानी सेनाको हत्यालाई युद्ध अपराधको संज्ञा दिँदै निन्दा गरेको छ ।

अफ्गानिस्तानको उत्तरी क्षेत्रमा तालिबान लडाकु समुहले आत्मसमर्पण गर्ने २२ सैनिकहरुको ज्यान लिएको हो । गत महिना अफ्गानिस्तानको उत्तरी क्षेत्रहरु दउलत अबद क्षेत्रमा सेनाहरुलाई मारेको भिडियो पछिल्लो समय अमेरिकी टेलिभिजन सीएन्एन्ले सार्वजनिक गरेको हो । घटनास्थलबाट २२ जना सेनाको शव फेला परेको रेडक्रसले जनाएको छ ।

मानव अधिकारकर्मीहरुले अफ्गानी सरकार समक्ष घटनामाथि छानबीनको माग गरेको छ । एम्नेस्टी इन्टरनेसनलको दक्षिण एसिया अभियानकर्ता समिरा हमिदीले अफ्गानिस्तानको दर्दनाक अबस्था यो घटनाले देखाएको टिप्पणी गरेकी छन् । तालिबानले आत्मसमर्पण गर्ने सेनाको ज्यान लिएको घटना युद्ध अपराध रहेको उनले बताईन् । तालिबानले अफ्गानिस्तानमा आतंकवादी गतिविधिहरु अन्त्य गरेको दाबी गर्दै आएपनि मानव अधिकार उल्लंघन र हत्याको घटनाहरु भईरहेको छ । स्रोतः जी फाईभ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका