aroma
जोडिनुहोस
  • होमपेज
  • बागलुङमा घरेलु मदिरा पिएका चार मजदुरको मृत्यु, दुई गम्भीर

बागलुङमा घरेलु मदिरा पिएका चार मजदुरको मृत्यु, दुई गम्भीर

बागलुङ,साउन ५-

घरेलु मदिरा पिएका चार मजदुरको मंगलबार बिहान मृत्यु भएको छ । अरू दुई जना गम्भीर बिरामी छन् । उनीहरूले सोमबार बेलुकी घरेलु मदिरा सेवन गरेका थिए । मृत्यु हुनेमा रोल्पाको सुनील स्मृति गाउँपालिका–५ का ३० वर्षीय प्रविन घर्ती, ५१ वर्षका रेखबहादुर राना, २१ वर्षका दीपेन्द्र पुनमगर र ३९ वर्षको दूधबहादुर राना छन् । उनीहरूको मंगलबार बिहान साढे ४ बजे मृत्यु भएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए ।

ती मजदुर गलकोट नगरपालिका–७ को मल्मस्थित एक खानेपानी आयोजनामा काम गर्थे । मदिरा पिएर सुत्न हिँडेका उनीहरूको अवस्था गम्भीर भएपछि उपचारका लागि राति नै धौलागिरि अस्पताल ल्याइएको थियो । गम्भीर बिरामी रहेकामा २६ वर्षीय रवीन्द्र पुन र ३८ वर्षीय खेमराज घर्ती छन् । उनीहरूको धौलागिरि अस्पतालमा उपचार भइरहेको मेडिकल सुपरिटेन्डेन्ट डा.शैलेन्द्र पोखरेलले बताए । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका