aroma
जोडिनुहोस
  • होमपेज
  • मकवानपुरमा कांग्रेस र माओवादी परित्याग गरी १८५ जना एमाले प्रवेश

मकवानपुरमा कांग्रेस र माओवादी परित्याग गरी १८५ जना एमाले प्रवेश

हेटौंडा,साउन ४-

नेपाली कांग्रेसका क्रियाशिल सदस्य तथा नेकपा माओवादी केन्द्रका पुर्व लडाकु सहितका १ सय ८५ जना नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।आज हेटौँडा उपमहानगरपालिका वडा नम्वर १७ मा भएको कार्यक्रममा नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरु गोपाल प्रजा, अस्मिता प्रजा सहित १ सय ३ तथा नेकपा माओवादीका पुर्व लडाकु भीम डिमडुम, भोजबहादुर जिम्मा लगाएतका ८२ जना नेकपा एमालेमा प्रवेश गरेका हुन् । प्रवेश गर्नेमा बकैया वडा नंबर ६ का कुलबहादुर थिङ, सोमबहादुर थोकर मञ्जित विक सहित ४७ जना, हेटौँडा १७ बुंगेखोलाका ६० जना,हेटौँडा १६ र १७ मा पर्ने साजबोटेका ५६ जना, हेटौँडा १८ का २२ जना रहेका छन् ।

कार्यक्रममा नव प्रवेशीलाई नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सांसद् एवम् अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल सहित एमाले नेताहरु कमल विष्ट, हेटौँडा १७ का वडा अध्यक्ष भैरब राई लगाएतले स्वागत गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका