aroma
जोडिनुहोस
  • होमपेज
  • नवलपरासीमा आप्रवासी कामदारका लागि कोरोना खोपको माग गर्दै प्रशासनमा ज्ञापनपत्र

नवलपरासीमा आप्रवासी कामदारका लागि कोरोना खोपको माग गर्दै प्रशासनमा ज्ञापनपत्र

नवलपरासी, साउन ४-

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि गन्तब्य मुलुकले समेत मान्यता दिएको कोभिड–१९ को खोप ब्यवस्था मिलाइ दिनका लागि नेपाल सरकारलाई आप्रवासी परिवार हकहित मञ्च पश्चिम नवलपरासीले आग्रह गरेको छ ।

सोमबार मञ्चका जिल्ला सचिव रामु भुसालको नेतृत्वमा मञ्चका पदाधिकारीसहितको टोलीले नेपाल सरकारलाई पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी मार्फत् खोपमा सुनिश्चितताको लागि ज्ञापनपत्र बुझाउँदै सो आग्रह गरेको हो ।

रोजगारीका लागि गन्तब्य मुलुकमा नेपाली श्रमिकलाई पर्न सकिने कठिनाइको न्यूनीकरणका लागि आवश्यक सहजीकरण गरी नेपाली श्रमिकको अधिकारलाई सुनिश्चित गर्न ज्ञापनपत्र मार्फत् मञ्चले आग्रह गरेको छ । ज्ञापनपत्रमा भनिएको छ, ‘नेपाली श्रमिकको मुख्य श्रम गन्तब्य खाडीका कतार, कुवेत, साउदी अरब जस्ता देशले कोभिड १९ विरुद्धको भेरोसेल खोपलाई मान्यता नदिएको अवस्थामा नेपाल सरकारले गत असार २८ गते वैदेशिक रोजगारीमा जानेहरुका लागि भेरोसेल खोप लगाउने गरेको निर्णयले हजारौँ नेपाली आप्रवासी कामदारहरुले वैदेशिक रोजगारी गुमाउनुपर्ने अवस्थामा पुगेको र दोस्रो भेरोसेल खोप लगाउन श्रमिकले कम्तिमा एक महिना सम्म कुर्नुपर्ने र खोप कुर्दा वैदेशिक रोजगारी गुम्ने खतरा रहेको हुदा सम्बन्धित देशहरुले मोर्डेना, एस्टजेनेका, फाइजर र जोन्सन एण्ड जोन्सन खोप मात्र मान्यता दिएको हुदा वैदेशिक रोजगारीमा जाने कामदारका लागि सम्बन्धित देशले मान्यता दिएका खोपहरु उपलब्ध गराई तत्काल नेपालमा उपलब्ध जोन्सन एण्ड जोन्सनको एक डोज लगाए पछि श्रमिक तुरुन्तै काम गर्ने देशमा जान पाउने हुदा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सो खोप प्राथमिकतामा राख्ने ब्यवस्था मिलाउन नेपाल सरकारलाई आग्रह गरिएको छ ।’

मञ्चका जिल्ला अध्यक्ष बलबहादुर थापा र सचिव रामु भुसालको सयुक्त हस्ताक्षर रहेको ज्ञापनपत्रमा गन्तव्य देशहरुमा एकतर्फी रुपमा नेपाली कामदारलाई करार भंग गर्ने, बेतलबी बिदामा बस्न बाध्य पार्ने, विभिन्न कारण देखाई कामबाट निष्काशन गर्ने, पूरा तलब सुविधा नदिने, जबरजस्ती श्रममा लगाउने, मापदण्ड बढी समय वा जोखिमयुक्त काममा लगाउने विविध समस्यालाई कूटनीतिक पहलबाट समस्या समाधान गर्न समेत आग्रह गरिएको छ । साथै ज्ञापनपत्रमा आप्रवासी श्रमिकलाई वैदेशिक रोजगारीको सिलसिलामा आइ परेका समस्यामा उद्धार, स्वदेश फिर्ती तथा पुर्नएकीकरण गराई श्रमिकको अधिकार सरक्षणका लागी पहल गर्न समेत उल्लेख छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले सरकारले प्राथमिकताका आधारमा खोपको व्यवस्था गरेको हुदा वैदेशिक रोजगारीमा जाने कामदारका लागि आवश्यक पर्ने खोप उपलब्ध गराउन नेपाल सरकार समक्ष ज्ञापनपत्र पु¥याइ दिने र यसका लागि सक्दो आफूले पहल गर्ने आश्वासन दिए । वैदेशिक रोजगारका क्रममा साउदी अरबले अहिले चार खोपलाई मात्र मान्यता दिएको छ भने कतारले पाँच खोपलाई मान्यता दिएको छ । वैदेशिक रोजगारको क्रममा भेरोसेल खोपलाई कुनै पनि गन्तब्य मुलुकले मान्यता दिएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका