aroma
जोडिनुहोस
  • होमपेज
  • चितवनसहित देशैभर होण्डाको नयाँ स्कुटर ग्राजिया बीएस सिक्स सार्वजनिक, यस्ता छन् विशेषता

चितवनसहित देशैभर होण्डाको नयाँ स्कुटर ग्राजिया बीएस सिक्स सार्वजनिक, यस्ता छन् विशेषता

चितवन, साउन ४

चितवनसहित देशैभर होण्डाको नयाँ मोडलको ग्राजिया बीएस सिक्स स्कुटर सार्वजनिक गरिएको छ ।

आज भरतपुरको ओरोलोमा रहेको होण्डा स्वरुममा एक कार्यक्रमको आयोजना गर्दे चितवनमा युनाइटेड मोटर्स प्रालिले उक्त स्कुटर सार्वजनिक गरेको हो ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ र चितवन अटो मोबाइलस डिलर्स एशोसियसन चितवनका अध्यक्ष इश्वरकुमार श्रेष्ठले संयुक्त रुपमा स्कुटर सार्वजनिक गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै उवासंघ चितवनका अध्यक्ष श्रेष्ठले होण्डा ब्राण्डको ग्राजिया बीएस सिक्स स्कुटरले पनि चितवनबासीको मन जितोस भनेर शुभकामना व्यक्त गरेका थिए ।

युनाइटेड मोटर्सका निर्देशक राजन पियाले नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी लिमिटेडले आजदेखि नेपाली बजारमा होण्डा ग्राजिया बीएस सिक्स मोडल देशभर एकैसाथ सार्वजनिक गरेको बताए ।

युनाइटेड मोटर्सका प्रबन्ध निर्देशक रविन श्रेष्ठका अनुसार आकर्षक र स्टाईलिस डिजाइन गरिएको १२५ सिसिको बीएस सिक्स मोडलमा व्यवहारिक फिचरहरु थप गरी पूर्णरुपमा रि–डिफाइन गरिएको छ । १५५ एमएमदेखि १७१ एमएम एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्ध रहेको छ । यस फिचर अन्तर्गत ग्राहकहरुले स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टि जस्ता जानकारी प्राप्त गर्न सक्छन् ।

होण्डाको पीजीएम एफआई (प्रोग्राम फ्युल इन्जेसन टेक्नोलोजी) प्रयोग भएका कारण यो स्कुटरमा बढी माइलेज र पावर रहेको श्रेष्ठले बताए । उनका अनुसार ग्राजियाको यस नयाँ बीएस सिक्स डिलक्स मोडलमा जाम भएको समयमा इन्धनको बचत गर्नका लागि आइडिलिङ्ग स्टप रहेको छ भने नयाँ बीएस सिक्स एसटिडी मोडलमा इन्जिन स्टार्ट/स्टप स्वीच रहेको छ ।

युनाइटेड मोटर्सका निर्देशक प्रविन श्रेष्ठका अनुसार स्कुटरमा साइड स्ट्याण्ड इन्जिन अफ फिचर, एसीजी सहितको साइलेन्ट स्टार्ट, इएसपी टेक्नोलोजीको साथ एचइटी इन्जिन जस्ता अन्य विभिन्न उपयोगी विशेषताहरु रहेका छन् ।

नेपाली बजारमा ग्राजिया बीएसभी सिक्स डिएसस मोडलको मूल्य २ लाख ६९ हजार ९ सय र ग्राजिया बीएसभी सिक्स मोडलको मूल्य २ लाख ८९ हजार ९ सय रहेको छ ।

रिकण्डिशन एशोसियसन चितवनका अध्यक्ष सुर्य अधिकारी लगायतले सार्वजनिक कार्यक्रममा बोल्दै स्कुटरको सफल बिक्रीको शुभकामना दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका