aroma
जोडिनुहोस
  • होमपेज
  • रुपन्देहीमा पर्यटन प्रवद्र्धन गर्न साइकलयात्रा

रुपन्देहीमा पर्यटन प्रवद्र्धन गर्न साइकलयात्रा

बुटवल,साउन २ –

रुपन्देहीको सैनामैनामा पर्यटन प्रवद्र्धन गर्न विश्व साइकलयात्री पुस्कर शाहसहित आज साइकलयात्रा गरिएको छ । नगरपालिकाको करिब ४५ किलोमिटर क्षेत्रफलमा रहेको चक्रपथको परिक्रमा गर्ने साइकल साथी सैनामैनाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक गोविन्द ज्ञवालीले जानकारी दिनुभयो । साइकलयात्रामा नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीसहित करिब ७० व्यक्ति सहभागी छन् ।

स्थानीय मुर्गिया बजारबाट शुरु भएको यात्रा गर्न करिब सात घण्टा लाग्ने अनुमान गरिएको छ । उहाँहरुले बोलबम धाम, जर्लैया, सिमसार क्षेत्र, रानीकुवा, राजाकुवा, मलमला मन्दिरलगायतका क्षेत्रको अवलोकनसमेत गर्नेछन् । “यसबाट पर्यटन प्रवद्र्धन हुनाका साथै ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पहिचान हुनेछ”, नगरप्रमुख कार्कीले भन्नुभयो । सो नगरपालिकालाई पर्यटनको प्रचुर सम्भावना रहेको क्षेत्रका रुपमा मानिँदै आएको छ ।

 

File Photos 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका