होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • चितवनको बजारमा हालसम्मकै सस्तो एसयूभी कार रेनो किइगर सार्वजनिक

चितवनको बजारमा हालसम्मकै सस्तो एसयूभी कार रेनो किइगर सार्वजनिक

चितवन, साउन १
चितवनको बजारमा हालसम्मकै सस्तो एसयूभी कार रेनो किइगर सार्वजनिक गरिएको छ ।

चितवन आसपासका ग्राहकवर्गहरुलाई लक्षित गर्दै युनाईटेड अटो कन्र्सन प्रालि भरतपुरले हालसम्मकै सस्तो एसयूभी कार रेनो किइगर सार्वजनिक गरेको हो । रेनो कारको विगत ६ बर्ष देखि सेवा दिदै आएको युनाईटेड अटो कन्र्सनले नेपाली बजारमा रेनेको आधिकारिक बितरक एड्भान्स अटोमोवाइलले सार्वजनिक गराएसगैँ चितवनमा पनि एक साथ सार्वजनिक गरेको युनाईटेड अटो कन्र्सनका प्रा।लि प्रबन्ध निर्देशन रविनकुमार श्रेष्ठले जानकारी दिए ।

१.० नेचुरल अस्प्राइड इनर्जी इन्जिनमा आकर्षक लुक्स र पर्फमेन्ससहितको रेनो किइगरको एक समारोहका विच उवासंघ चितवनका अध्यक्ष राजु श्रेष्ठ र चितवन अटो मोबाईल्स डिलर एशोसिएसनका अध्यक्ष ईश्वरकुमार श्रेष्ठले संयुक्त रुपमा लन्चिङ्ग गर्नुभएको थियो ।

यो कारको न्यूनतम बजार मूल्य २८ लाख ४९ हजार रहेको छ । सेल्स, सर्भीस् र स्पेर्यस पाट्र्स एकै ठाँउमा अत्याधुनिक सो रुम र सर्भीस सेन्टरसहितको युनाईटेड अटो कन्र्सनले हाससम्म ५ सय बढी कार बिक्री गरि ग्राहकवर्गहरुलाई सेवा दिईरहेको युनाईटेड अटो कन्र्सनका विजिनेश हेड सञ्जिव अधिकारीले जानकारी दिनुभयो ।

किइगर भर्सनमा चार मोडलहरु उपलब्ध रहेकोमा कम्पनीले क्लासवाईज आरएक्सई मोडलको पहिलो मूल्य २८ लाख ४९ हजार तोकेको छ भने आरएक्सएल २९ लाख ९९ हजार देखि ३२ लाख १९ हजार, आरएक्सटी ३२ लाख ९९ हजार देखि ३५ लाख १९ हजार र आरएक्सजेट ३५ लाख ९९ हजारदेखि ३८ लाख १९ हजार तोकिएको जनाएको छ ।

किइगरमा स्प्लिट हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, रेनोको सिग्नेचर ग्रील, १६ इन्चको नयाँ डायमन्ड कट अलोय ह्वील, स्पोर्टी रुफलाइन, ग्रे कलरको रुफरेल, सि सेप्ड एलइडी टेलल्याम्प, हाइ माउन्टेड टपल्याम्प, अगाडि र पछाडि दिइएको स्कीड प्लेट, व्ल्याक ह्वील आर्क, ड्यूल टोन ड्यासबोर्ड जस्ता फिचर नयाँ एसयूभीमा पाउन सकिन्छ ।

कम्पनीले यसमा ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ । जसमा वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट हुन्छ । ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टी फङ्गशनल स्टेरिङ, क्रुज कन्ट्रोल लगायतका धेरै फिचर काइगरमा पाउन सकिन्छ ।

विभिन्न ६ फरक कलर भेरियन्टमा उपलब्ध हुने काइगरमा १.० लिटर नेचुरल एस्पायर्ड र १।० लिटर टर्बो इन्जिन अप्सन उपलब्ध रहने छ । यसलाई ५ स्पीड म्यानुअल र सिभीटी गियरबक्समा उपलब्ध रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका