aroma
जोडिनुहोस
  • होमपेज
  • ओली सरकारले जाँदाजाँदै २८ प्रतिशतसम्म बढायो गाडी भाडा

ओली सरकारले जाँदाजाँदै २८ प्रतिशतसम्म बढायो गाडी भाडा

काठमाडौँ, असार ३०–

केपी ओली नेतृत्वको सरकारले जाँदाजाँदै यातायातको भाडामा वृद्धि गरेको छ ।

पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर ओली सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो ।

यातायात व्यवस्था विभागले बनाएको कार्यदलले बनाएको प्रतिवेदनअनुसार गत असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको यातायात व्यवस्था विभागका एक अधिकारीले जनाएका छन् । उनका अनुसार बढेको भाडा असार २९ गतेदेखि लागू गर्ने निर्णय थियो ।

त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका