aroma
जोडिनुहोस
  • होमपेज
  • कैलालीबाट पाटेबाघको छालासहित दुई पक्राउ

कैलालीबाट पाटेबाघको छालासहित दुई पक्राउ

कैलाली,असार ३०-

कैलालीको गौरीगङ्गा नगरपालिका–७ मटकौनास्थित सिंहासन सामुदायिक वन क्षेत्रबाट पाटेबाघको छालासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीकै मोहन्याल गाउँपालिका–५ सालघारीका ५५ वर्षीय पूर्णबहादुुर बुुढामगर र लम्कीचुुहा नगरपालिका–१ का लोकेश सिजापति रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश अनुुसन्धान समूूह ९आरआइटी०को टोलीले मङ्गलबार उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार प्लाष्टिकको सेतो कट्टामा बोकेर हिँडिरहेको अवस्थामा रोकेर जाँच गर्दा कट्टाभित्र लम्बाइ १० फिट र चौडाइ छ फिट सात इन्च भएको पाटेबाघको छाला फेला परेको हो । पक्राउ परेका उनीहरूलाई छालासहित प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका